बिपिपि/दमक
झापाको दमकमा मेयरमा मत परिणाम तलमाथि भइरहेपनि उपमेयरमा एककोहोरो रुपमा एमालेकी गिता अधिकारीले मत ल्याएकीछन् । वडा नं. ८ सम्म आइपुग्दा उनले आफ्नो मत परिणामलाइ कहि पनि साघुरो पारेकी छैनन् ।
कुनै पनि वाडमा उनको लिड नभएको अवस्था छैन । उनको उम्मेदवारी आइरहदा धेरैले आश्चर्यमात्र मानेका थिएनन् अहिलेको मत परिणामको आँकलन र अनुमान समेत लगाएका थिएनन् । अहिले उनिहरु छक्क परेकाछन् । आश्चर्य मानिरहेकाछन् ।
मत परिणाम अन्तिम अवस्थामा आउन लागिसकेको अवस्थामा अधिकारीले मतान्तरलाइ बढाएर अझ अघि बढेकीछन् । करिब ३ हजारको छेउमा मतान्तर पुर्याएकीछन् ।
प्राध्यापन पेशाबाट आएकी अधिकारी उपमेयर बन्ने दौडमा करिबकरिब जित नजिक रहेकीछन् । यहि गतिमा मत परिणाम सार्वजनिक भइरहने हो भने शुक्रबार बेलुका सम्ममा उनी औपचारिक रुपमा नै उपमेयर घोषणा हुनेछिन् ।
उनले ल्याएको मत र समर्थनले राजनीतिक बृतमा नयाँ बहस सिर्जना गरेको छ । लोकप्रीयताका लागि राजनीतिक रुपमा चिनिनु नै पर्छ भन्ने हुदैन भन्ने पुष्ट्याइ अधिकारीले दमकमा गरेकीछन् ।
अधिकारीलाइ उम्मेदवारी बनाउन पहल गर्ने र जितका लागि मास्टर प्लान बनाउनेहरुमात्र होइन अहिले दमकमा एमाले नै उत्साहित भएको छ । अधिकारीको पक्षमा जून समर्थन छ अब उनले त्यो अनुसार जिम्मेवारी बहन गर्नु पर्ने छ ।



