असार १४ मा सम्पन्न दोस्रो चरणको चुनावको परिणाम आउँन अव १७ स्थान मात्र बाँकी छ ।

३ सय ३४ स्थानीय तहमा सम्पन्न चुनावको अधिकांश जसो स्थानमा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमाले १ सय ४२ स्थानमा जीत हात पार्दै शीर्ष स्थानमा छ ।

दोस्रो स्थामा रहेको नेपाली कांग्रेसले १ सय १७ स्थानमा जीत हात पारेको छ भने ३७ स्थानमा जित हात पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

३ सय ३४ स्थानीय तहमा ११९ मेयर निर्वाचित हुने छन् । त्यस्तै गाउँपालिकाको अध्यक्षमा २१५ निर्वाचित हुने छन् ।

पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले दोस्रो चरणको चुनावमा पनि धेरै नगरपालिका,उपमहानगरको मेयर पदमा जितेको छ । एमालेले ४७ स्थानको मेयर पदमा जितेको छ भने नेपाली कांग्रेसले ४१ नगरपालिकामा जित निकालेको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ वटा नगरपालिकामा जित निकालेको छ ।

फोरम लोकतान्त्रिकले एक नगरपालिकामा जित हात पार्दा राप्रपाले एक स्थानमा जीत हात पारेको छ ।
त्यस्तै एमालेले ९४ गाउँपालिकाका अध्यक्षमा जित्दा १०३ उपाध्यक्ष जितेको छ । ७६ गाउँपालिकामा जित निकालेको नेपालीकांग्रेसले ७१ उपाध्यक्षमा जितेको छ ।

२८ गाउँपालिकाको अध्यक्षमा जितेको माओवादीले २८ उपाध्यक्षमै जित निकालेको छ ।

७ स्थानमा गाउँपालिकाको अध्यक्ष जितेको समाजवादी फोरमले ६ स्थानमा उपाध्यक्ष जितेको छ । ५ स्थानमा गाउँपालिका जितेको फोरम लोकतान्त्रिकले ४ स्थानमा उपाध्यक्ष जितेको छ ।

ती स्थानमा गाउँपालिका अध्यक्ष जितेको राप्रपाले २ स्थानमा उपाध्यक्ष जितेको छ । २ स्थानमा गाउँपालिका प्रमुखमा जितेको राजमोले ३ स्थानमा उपाध्यक्ष जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah