कार्तिक ३, २०७३- अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेली रोक्न सादा पोशाकमा प्रहरी परिचालन भएको खुलासा भएको छ । म्याद तामेली रोक्न परिचालित समूहमाथि अनुसन्धानका क्रममा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट सई नकुलराज गौतम नेतृत्वको प्रहरी टोली कार्कीको बानेश्वरस्थित घरमा परिचालित भएको खुलेको हो ।

सम्भवत: बिहीबार अबेरसम्ममा सर्वोच्च अदालतले तयार पार्ने प्रतिवेदनमा गौतम लगायत म्याद तामेलीमा अवरोध गर्ने समूहका अन्य सदस्यहरुको विवरण राखी उनीहरुविरुद्ध अदालतको अबहेलनाको कारवाही अघि बढाउने तयारी भएको स्रोत बताउँछ । ‘तामेलीमा अवरोध गर्नेमाथि अवहेलनाको कारवाही अघि बढ्छ,’ सर्वोच्च प्रशासन स्रोतले भन्यो, ‘तामेलीमा अवरोध गर्ने को हो भन्ने महत्त्वको विषय होइन, तर सार्वजनिक पदमा छन् भने झनै आपत्तिजनक विषय हो ।’

स्रोतबाट कान्तिपुरलाई प्राप्त भिडियो रेकर्डमा म्याद तामेलीमा अवरोध गर्ने भीडकै विचमा रातो टिसर्टमा रहेका गौतम देखिन्छन् । केहीबेरमा उनी छेउतिर लागेर फोनबाट अन्यत्र सम्पर्क गरिरहेको देख्न सकिन्छ । विभिन्न संवाददाताहरुले फोटो र भिडियो खिच्न थालेपछि भने भीडको अघिल्तिर रहेका व्यक्तिको शरीरको पछाडि उनले अनुहार लुकाएका छन् ।

सर्वोच्च अदालतस्रोतका अनुसार, म्याद तामेलीमा अवरोध गर्नेमा कृषि विकास बैंकका अध्यक्ष एवं पूर्वसचिव प्रमोद कार्की, लोकमानका कान्छा ज्वाईँ प्रबल थापा एवं काठमाडौं महानगरपालिकाको वडा नम्बर १० का वडा नागरिक मञ्चका अध्यक्ष लगायत छन् । उनीहरुको पहिचानपछि सर्वोच्च प्रशासनबाट खटिएको तामेलदारको टोलीको प्रतिवेदन, टिप्पणीका आधारमा इजलासमा मिसिल पेश हुनेछ ।

लोकमानको घर भाडामा लिएको कम्पनीको कर्मचारी बताउने व्यक्तिले समेत म्याद टास्न नहुने भन्दै रोकेका थिए । ‘न्याय सम्पादनमा अवरोध गर्ने उनीहरु सबैको पहिचान खुलाएर इजलासमा प्रतिवेदन पेश गर्नुपर्छ,’ सर्वोच्च स्रोतले भन्यो, ‘बाँकी विषय भने इजलासले निर्णय गर्छ ।’

महानगरीय प्रहरीले औपचारिक रुपमा कुनै टोली नखटाएको दाबी गरेको छ । महानगरीय प्रहरी आयुक्त एआईजी प्रतापसिं थापाले ‘औपचारिक परिचालन बाहेकको अवस्थामा गएको र मर्यादा विपरीत काम गरेको देखिए कारवाही हुने’ बताए । प्रहरी प्रवक्ता हेमन्त मल्लले उक्त स्थानमा प्रहरी परिचालनवारे कुनै खबर नआएको बताए । ‘प्रहरी परिचालन भएको जानकारी भएको छैन भनेर मैले अस्ति भनिसकेको छु,’ मल्लले भने, ‘उनी गएको उजुरी आयो भने हामीले अध्ययन गर्नुपर्ने हुन्छ ।’

सई गौतम महानगरीय प्रहरी वृत्त बानेश्वरका सुवेदार मेजर हुन् । मातहतका प्रहरी टोलीको अह्रनखटन गर्ने जिम्मेवारी सुवेदार मेजरको हो । गौतमले आफू सानो गौचरणमा ड्युटीमा खटिएको र भीड देखेपछि हेर्न गएको प्रतिक्रिया दिए । ‘हामी कहिले पोसाक र कहिले सादा कपडामा जान्छौं, ड्युटीमा रहेको प्रहरीको अनुगमन गर्न गएको थिएँ,’ सुवेदीले कान्तिपुरसित भने, ‘त्यहा पुग्दा भीड देखेपछि के भएको रहेछ भनेर हेरेर फर्किएका हौं ।’ बानेश्वर वृत्तका प्रमुख डिएसपी नारायण चिमोरियाले म्याद तामेलीवारे कुनै जानकारी नभएको र औपचारिक रुपमा प्रहरी नखटाइएको बताए ।

स्रोतका अनुसार, सादा पोशाकका सईको नेतृत्वमा वडा कार्यालयदेखि लोकमानको घरसम्म प्रहरी परिचालित थिए । अवरोधको अघिल्लो भागमा केही व्यक्ति आक्रामण देखिएपनि पछिल्लो भागमा भने उनीहरु भीड लागेर बसेका थिए ।

लोकमानको घरमा अवरोध गरेको आफूलाई वडा नागरिक मञ्चको अध्यक्ष भन्ने व्यक्तिको टोली नै वडा कार्यालयमा पनि परिचालित थियो । त्यसबाहेक वडा कार्यालयमा लोकमानको ज्वाईँको समूहले अवरोध गरेको थियो । कृषि विकास बैंकका अध्यक्ष कार्कीले आफूहरु छिमेकी भएको र खाली घरमा म्याद टास्न नदिने भन्दै धम्क्याएका थिए ।

कान्तिपुर बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah