एसीसीए र पोखरा विश्वविद्यालयबीच संयुक्त अनुसन्धान तथा सीप विकासको लागि सम्झौता भएको छ।
समझदारी पत्रमा एसीसीए नेपाल प्रमुख रविन कटवाल र पोखरा विश्वविद्यालयका रजिस्टार दिपक भण्डारीले हस्ताक्षर गरेका छन्।
सम्झाैताले पोखरा विश्वविद्यालय र एसीसीएका सदस्य तथा भावी सदस्यहरूको हितमा पारस्परिक सहयोग विकास गर्ने उद्देश्य राखेको छ।
अब एसीसीए नेपाल र पोखरा विश्वविद्यालयले संयुक्त रूपमा अनुसन्धान, सिकाइका स्रोतमा साझेदारी, सीप विकास तालिम सञ्चालन लगायत काम गर्नेछन्।
सम्झौताले एसीसीएका सदस्यहरूका लागि पोखरा विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रम र पोखरा विश्वविद्यालयबाट स्नातक गरेकाहरूका लागि एसीसीएको अध्ययन गर्ने अवसर पनि खुला गरेको छ।



