पूर्वमा पठन सस्कृतीको बिकासलाइ र बर्थ डे को नयाँ कल्चरलाइ बिकास गर्दै लैजान सफल रहेको दमक पब्लिक लाइब्रेरीले शिक्षा क्षेत्रमा अनवरत रुपमा क्रियाशिल रहेका शिक्षासेवीलाइ सम्मान गर्दै आफ्नो छैठौ बर्षिकोत्सव मनाएको छ ।
दमक पब्लिक लाइब्रेरीको पर्याय बनेका भेषराज न्यौपानेको पहलकदमी र नेतृत्वले छ बर्षको अवधिमा पठन सस्कृतीको बिकासमात्र भएको छैन दमकमा नयाँ कल्चरको पनि शुरुवात भएको छ । आफ्नो जन्मदिनमा पुस्ताकलयमा आएर पुस्तक प्रदान गर्ने र पठन सस्कृतीमा टेवा पुर्याउने अभियान शुरु भएको छ ।
दमकको एउटा बिशिष्ट र फरक पहिचानको रुपमा दमक पब्लिक लाइब्रेरी स्थापित भएको छ । शारिरिक रुपमा फरक क्षमता भएर पनि न्यौपानेले देखाएको साहस र पब्लिक लाइब्रेरीको बिकास दुबै अनुकरणिय रहेकाछन् ।
बिभिन्न आरोहअवरोह पार गर्दै दमक पब्लिक लाइब्रेरी अब इ लाइब्रेरीको योजनामा पुगिसकेको छ । युवाहरुलाइ एकीकृत गरेर रचनात्मक कामहरुको अगुवाइमा अब्बल मानिन थालेको छ । यो समाजका लागि एउटा गतिलो उपलब्धि हो । दमकका लागि गौरव हो ।
न्यौपाने यो अवस्थामा आउनका लागि सहज नभएपनि अहिले बिस्तारै पुस्ताकलयको महत्व बुझ्नेहरुको संख्या बढेको बताउछन् । उनि यो अब समाजको सम्पतीको भएको बताउदै यसको स्तरउन्नती पनि अब सबैको जिम्मेवारी भएको उनको भनाइ रहेको छ ।
आइतवार एक कार्यक्रमबीच आफ्नो बार्षिकोत्सवको भब्य कार्यक्रम पुस्ताकलयले आयोजना गर्यो । जसमा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए ।
लामो समयदेखि दमकको शैक्षिक विकासमा सेवा गरेका अवकास प्राप्त शिक्षक विदुर खतिवडालाई सम्मान गरिएको थियो। कार्यक्रमको अवसर पारेर दमकको सामुदायिक शिक्षा सुधारमा योगदान पुर्याएको भन्दै दमक सम्मानबाट उनलाई सम्मानित गरिएको थियो।



