मोरङ – विराटनगर महानगरपालिका र बुढीगंगा गाँउपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

बिहीबार राती महानगरपालिका– ११ रामपुरमा ट्याक्टरको ठक्करबाट साइकल चालकको मृत्यु भएको मोरङ ट्राफिकले जनाएको छ। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार रामपुरमा को२त ७१३९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा महानगर ११ का मुन्ना सहनीको मृत्यु भएको हो।

अर्को एक सवारीलाई ओभरटेक गर्ने क्रममा ट्याक्टरले साइकल चालक सहनीलाई ठक्कर दिएको थियो। ट्याक्टर ठक्करबाट गम्भीर घाइते भएका सहनीको उपचारका क्रममा विराटनगर कोशी अस्पतालमा मृत्यु भएको हो। घटनापछि प्रहरीले ट्याक्टर र चालक मुकेश कामतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। ट्याक्टर कामतले विनालाइसेन्स चलाउँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी बिहीबार राती नै मोरङको बुढीगंगा गाउँपालिकामा पर्ने कोशी राजमार्गअन्तर्गत बुढीगंगा–२ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ६४६० नम्बरको स्कुटर दुर्घटना हुँदा सुरज खनालको मृत्यु भएको छ।

उर्लाबारी नगरपालिकाका २६ वर्षीय खनाल सवार स्कुटी राती करिब ८ बजे अनियन्त्रित भएर दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक खड्काले जानकारी दिए। स्कुटी चालक खनालको साथमा सवारी चालक अनुमतिपत्रसमेत नरहेको खड्काले जानकारी दिए। दुर्घटनामा घाइते भएका खनालको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah