निर्वाचन आयोगले सुझबुझपूर्ण निर्णय गर्दै मतदाता नामवलीमा नाम नभएकाहरु अब आफ्नौ गाँउपालिका तथा नगरपालिकामा फोटो सहितको मतदाता नामवलीमा नाम टिपाउन सक्ने भएकाछन् । निर्वाचन आयोगले मंगलवार यस्तो निर्णय गरेको हो । यस्तो छ निर्णय

 

प्रेस विज्ञप्ति
मिति ः २०७४÷०४÷०३

काठमाडौं, २०७४ साल साउन ३ गते । आयोगको मिति २०७४÷०४÷०३ गते बसेको बैठकले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमलाई हाल कायम रहेका गाउँपालिका तथा नगरपालिका स्तरसम्म पु¥याई सुगम तथा प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मतदाता दर्ता कार्यक्रमलाई सुगम र प्रभावकारी बनाउनको लागि यस अघि ७५ जिल्लास्थित क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालयहरूमा २०७४÷०४÷०१ देखि १५ गतेसम्मको लागि मात्र दर्ता कार्यक्रम सञ्चालन भइरहेकोमा आयोगको आजको निर्णयबाट सो कार्यक्रमलाई थप परिमार्जन गरी स्थानीय तहसम्म पुगी सञ्चालन गर्ने,

जिल्ला सदरमुकाम रहेको स्थानीय तहको हकमा सम्बन्धित क्षेत्रिय÷जिल्ला निर्वाचन कार्यालयहरूमा २०७४÷०४÷०१ देखि सञ्चालन भइरहेको मतदाता नामावली दर्ता कार्यक्रमलाई निर्वाचनको मिति घोषणा नभएसम्मको लागि निरन्तर सञ्चालन गरिरहने र बाँकी अन्य सबै स्थानीय तह

(गाउँपालिका÷नगरपालिका) को कार्यालयहरूमा मिति २०७४÷०४÷१६ गतेदेखि मिति २०७४÷०४÷३२ गतेसम्म मतदाता नामावली दर्ता÷संकलन गरी नामदर्ता कार्यक्रम सञ्चालन गर्नेे,

साथै आयोगका क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालयहरूमा बाह्य जिल्ला दर्ता (इम्च्) कार्यक्रम पनि निर्वाचनको मिति घोषणा नभएसम्मको लागि निरन्तर सञ्चालन गर्ने र मिति २०७४÷०४÷१६ देखि २०७४÷०४÷२० सम्म गर्ने भनिएको मतदाता नामावली दाबि बिरोध (अद्यावधिक) कार्यक्रम निर्वाचनको मिति घोषणा भए पश्चात मात्र गर्ने गरी व्यवस्थापन गर्ने समेत आयोगले निर्णय गरेकोछ ।

(सूर्यप्रसाद शर्मा)
सहसचिव एवं प्रवक्ता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah