राष्ट्रिय गौरवको आयोजना कोसी करिडोर २ सय २० केभिए विद्युत् प्रशारण लाइन विस्तारको क्रममा साना-ठूला गरी २५ हजारभन्दा बढी गुराँससहितका रुख काट्न लागिएको छ ।
तेह्रथुम र ताप्लेजुङका सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रका रुख कटान गर्न लागिएको हो । यी रुख काट्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । आयोजना कार्यालयले यसअघि नै प्राभावित क्षेत्रको विस्तृत अध्ययन, रुख गणना र डिजाइन गरी टावर गाढ्ने र तार तान्ने काम सम्पन्न गरिसकेको छ ।
प्रशारण लाइन क्षेत्रमा परेका गुराँस, पात्ले, सल्ला, चिलाउने, फुस्रे, फलाँट, उत्तिस लगायत जातका रुख कटान हुने डिभिजन वन कार्यालयले जनाएको छ । यी सबै रूखबाट उत्पादन हुने काठ र दाउराको मूल्याङकन गर्न भने बाँकी छ । ती रुख वन कार्यालयसँगको सहकार्यमा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहले काट्नेछन् । त्यसका लागि लाग्ने सम्पूर्ण खर्च आयोजना कार्यालयले ब्यहोर्ने छ ।
रुख नोक्सानीको शोधभर्ना स्वरूप निर्माणकर्ताले वन कार्यालयले देखाएको खुल्ला जमिनमा एक रुख बराबर २५ बिरुवा रोप्नु पर्नेछ। तेह्रथुमका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठका अनुसार मन्त्रिपरिषद्‍बाट रुख कटान स्वीकृत भएर फिल्डमा काम पनि सुरु भइसकेको छ ।
‘अहिले धमाधम रुखको नम्बरिङ गर्ने काम भइरहेको छ,’ श्रेष्ठले कान्तिपुरसित भने, ‘त्यसपछि वन कार्यालयले रुखको छपान गर्नेछ। छपानमा क्षेत्रीय वन निर्देशनालय बाट पनि चेकजाँच हुनेछ।’
जाँचपछि वन कार्यालयले रुख कटान आदेश दिने र त्यसपछि मात्र रुख काटिनेछ । काटिएका रुख प्रस्तावकले वन कार्यालयलाई हस्तान्तरण गर्नेछ। यसरी ठूलो मात्रामा घना जंगल काटेर खाली हुँदा वन्यजन्तुको बासस्थानमासमेत असर पर्ने देखिएको छ । यस क्षेत्रमा रहेको जंगल कटान हुँदा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा तथा चराचुरुङीको आउजाउ र बासस्थानमा असर पर्ने भए पनि त्यसबारे आयोजना कार्यालय मौन छ।
‘आयोजना निर्माण गर्दा वन्यजन्तुमाथि कस्तो असर पर्छ भन्ने कुरा सोच्नुपर्थ्यो’ सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष गणेश सेनेले भने ‘वन्यजन्तुको बास स्थान मासिँदा त्यसको असर आसपासका ग्रामिण बासिन्दा समेतलाई पर्नेछ ।’

प्रशारण लाइन अन्यत्रबाट लैजान र गुराँससहितको घना जंगल जोगाउन वन संरक्षणकर्मी र स्थानीयले माग गर्दैआएका थिए । तर स्थानीयको मागको कुनै सुनुवाइ नगरी आयोजनाले रुख काट्न धमाधम टाँचा हानिरहेको छ । स्थानीयले वर्षौंदेखि संरक्षण गरी हुर्काएका गुराँससहितका बहुमुल्य प्रजातिका रुख आयोजना निर्माणका क्रममा फँडानी हुने भएपछि त्यसको असर पर्यावरण र पिउने पानीको मुहान क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङको भनाइ छ ।
‘गुराँससहितका रुख फँडानी गर्नु हुँदैन भन्ने हाम्रो माग हो,’ नगरप्रमुख माबोहाङले भने ‘तर स्थानीयको मागको कुनै सुनुवाइ नगरी धमाधम रुख काट्ने काम भइरहेको छ ।’

‘गुराँसको राजधानी’मै १५ हजार बढी रुख काटिने
गुराँसको राजधानीको रुपमा चिनिने टिएमजे क्षेत्रका मात्रै १५ हजारभन्दा बढी रुख काटिने बताइएको छ । एकै ठाउँमा २८ प्रजातिका गुराँस फूल्ने यस क्षेत्रस्थित टिएमजे सामुदायिक वन क्षेत्रभित्र मात्रै १५ हजारभन्दा बढी रुख काट्ने योजना रहेको बताइएको ५ ।

करिडोरको प्रशारण लाइन निर्माणको क्रममा तेह्रथुमका ४, संखुवासभाका ४ र ताप्लेजुङको १ गरी ९ वटा सामुदायिक र केही निजी जमिनको समेत रुख काट्ने तयारी गरिएको साइटका कर्मचारीले बताए ।
आयोजनाले पहिलो खण्डमा ३ सय १३ र तेश्रो खण्डमा १ सय २२ वटा टावर निर्माण गरिरहेको छ । कोसी पहाडका पाँच जिल्लालाई समेट्ने गरी निर्माण भइरहेको कोसी करिडोर प्रशारण लाइनका लागि भारतीय एक्जिम बैंकको ९० मिलियन डलर ऋण सहयोग छ ।
उक्त प्रशारण लाइनबाट अरुण–३ बाहेक पूर्वका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा उत्पादन भएको विद्युत संकलन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाले उत्पादन गरेको ५ सय १६ मेगावाट विद्युत् पनि सोही प्रशारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah