काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले विद्रोहको अवस्था सिर्जना हुने चेतावनी दिएका छन्। राजधानीमा बिहीबारदेखि सुरु अन्तर्राष्ट्रिय विराट हिन्दू महासंघको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले भने, ‘कसैले पनि निषेधको राजनीति गर्न हुँदैन। यसो गरियो भने जनतामा निराशा र वितृष्णा पैदा हुन्छ। अन्ततः यसले विद्रोहको सृजना गर्छ।’ निषेधको राजनीतिले असन्तुलनको  सिर्जना गर्ने र त्यसबाट विद्रोह जन्मिने उनको भनाइ थियो।

पूर्वराजा शाहले नेपालमा बढिरहेको बाह्य हस्तक्षप र नेपालका पार्टीले गरिरहेको राजनितकि खिचातानीले देशलाई गन्तव्यहीन दिशामा अगाडि बढाइरहेको बताउँदै यस्तो अवस्थाले नेपाली जनातामा निराशा पैदा भएको बताए।

‘नेपाल आज कुन अवस्थाबाट कुन अवस्थामा आइपुगेको छ नेपाली जनतालाई सर्वविद्धितै छ,’ उनले भने, ‘त्यसैले यस्तो अवस्थाको कारक तत्व के हो भनी नेपाली जनताले प्रश्न सोध्ने बेला आएको छ।’ उनले हिन्दू धर्म नै शान्तिको प्रतीक भएकाले नयाँ चिराबाट यसको पुाःस्थापना र संरक्षण गर्र्र्नुपर्ने बेला आएकोसमेत बताए। ‘अहिले हिन्दू धर्ममाथि कालो बादल मडारिइ रहेको छ, त्यसैले नयाँ बाटो र नयाँ सोचबाट सनातन हिन्दू धर्मको जगेर्ना  र पुनःस्थापना गर्न सोच्नुपर्ने बेला आएको छ,’ उनले भने।

उद्‍घाटन सत्रलाई सम्बोधन गर्दे भारतीय धर्म गुरु रघुनन्दन शर्माले नेपाली राजनीतिज्ञले आफ्नो धर्म संस्कृतिलाई छाडेर पश्चिमा संस्कृति अंगालेको आरोप लगाए। शर्माले भने, ‘नेपाली राजनीतिज्ञले आफ्नो धर्म संस्कृतिलाई छाडेर पश्चिमा संस्कृति अंगालेका छन्, उनीहरुले विदेशीको चलखेल र आर्थिक प्रलोभनमा परी विश्वमा एक मात्र हिन्दू राज्य रहेको नेपालमा पहिचान मेटाउँदै धर्म निरपेक्षता अंगाले।’

उनले नेपाललाई सनातन हिन्दू राज्य बनाउन नेपाली जनताले हिन्दू क्रान्ति गर्नुपर्ने र यसमा भारतको प्रेरणा र साथको भने आशा गर्न नहुने बताए।

सम्मेलनमा बोल्दै विभिन्न धर्म गुरुहरुले नेपाललाई सनातन धर्म बनाउनुको विकल्प नभएको बताएका थिए। सो सम्मेलन तीन दिनसम्म चल्नेछ।

नागरिक न्युज बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah