दमक/नेकपा ( एमाले) निकट प्रगतिशील शैक्षिक परामर्श ब्यबसायी संघको १ नम्बर प्रदेश कमिटी गठन भएको छ ।
राष्ट्रीय उद्योग ब्यबसायी महासंघ, नेपालका अध्यक्ष तथा झापा क्षेत्र नं ४ का सांसद लाल प्रसाद साँवा लिम्बूको प्रमुख आतिथ्यमा ५ पुषमा भएको शैक्षिक परामर्श ब्यबसायीहरूको भेलाले पुर्व संयोजक कमल प्रसाद तिमल्सिनाको अध्यक्षतामा १९ सदस्यीय १ नं प्रदेश कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा नबिन कुमार शिवाकोटी, चिरन न्यौपाने र भिम कुमार लिङ्थिप र टिका ढकाल रहेका छन । त्यसैगरी सचिवमा अनिल कुमार सापकोटा, पारस राई र कोषाध्यक्षमा तारा ढुंगाना चयन भएका जनाइएको छ ।
कमिटीका सदस्यहरुमा रोजन थापा, मदन बुढाथोकी, अग्नी प्रसाद प्रसाई,माधव प्रसाद दाहाल , केदार पौडेल, नरेन्द्र दाहाल , बिष्णु कुमार राय, दिपक पोखरेल, खगेन्द्र तिमल्सिना, बिमल पराजुली र भिम साप्कोटा रहेका जनाइएको छ ।



