काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ३२ अङ्क बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३२.०३ अङ्कले वृद्धि भई दुई हजार ६१६.९४ अङ्कमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकक ५.८६ अङ्कले बढेर ४८७.८७ मा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज उत्पादन उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । उत्पादन २.२६ अङ्कले ओरालो लाग्दा बैंकिङ २५.४०, विकास बैंक ७३.२८, वित्त ४२.८१, होटल तथा पर्यटन २३.३८, जलविद्युत् १०.११, लगानी १.४८, जीवन बीमा ९३.८८, लघुवित्त १४५.१५, सामूहिक लगानी कोष ०.१८, निर्जीवन बीमा ६१.३८, अन्य ३.२९ र व्यापार १८६.५४ अङ्कले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ४४ लाख ७० हजार ५७० बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु १८ करोड २९ लाख ९३ हजार ६५६, शिवम् सिमेन्ट रु १६ करोड २६ लाख ५२ हजार ९३१, नविल बैंक १४ करोड ९३ लाख ६३ हजार २८२ र नेपाल बंगलादेश बैंक रु १२ करोड ४८ लाख ९४ हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ९६ अर्ब ५८ करोड ३९ लाख ८१ हजार २३ बराबर पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah