राजाले प्रजातन्त्र खोसेपछि भारत प्रवासमा रहनु भएका बीपी कोइरालाले लामो प्रवास जीवनपछि नेपालका राजनीतिक शक्तिहरुबीच विभाजनको चाल भारतले चालेको बुझ्नु भयो र नेपालमा आफ्नो ज्यानमाथि खतरा हुँदा हुँदै पनि ‘राष्ट्रिय मेलमिलाप’को नीति लिएर राष्ट्रियता बचाउन भन्दै ०३३ साल पुस १६ गते नेपाल फर्कनु भयो ।

प्रजातन्त्र नेपालीहरुका लागि अपरिहार्य थियो, तर प्रजातन्त्रको त्यो आकांक्षालाई आफ्नो स्वार्थपूर्ति गर्नें खेलका रुपमा भारतले उपयोग गरेपछि बीपीले राष्ट्रियताको अगाडि ब्यक्तिगत सुरक्षाको जोखिमी केही होइन भन्दै स्वदेश फर्केर सुन्दरीजल जेल चलान भएकै दिन कांग्रेस कार्यकर्ता र देशवासीका नाममा सम्बोधन गर्नु भएको थियो ।

आजको नेपाली राजनीति पनि ठीक त्यही परिवेशमा घुमिरहेको छ र बीपीले हुर्काएको पार्टी नेपाली कांग्रेस बीपीको त्यो बाटोबाट विचलित भइरहेको छ । बीपी स्मृति दिवसका दिन बीपी कोइरालाको सो सम्बोधन सान्दर्भिक लागेकाले यहाँ प्रकाशित गरिएको छः

मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु । यस वक्तव्यद्वारा नेपाली कांग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपिल गर्न चाहान्छु कि राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा सबै एकमत भएर लागौ ।

लामो प्रवासकालपछि हामी स्वदेश फर्कँदै छौँ । यसअवसरमा एकदुई शब्द देशवासीहरुको नाममा सम्बोधन गर्नु उचित ठान्दछु । हाम्रो देश आज संकटमा छ । यता केहि वर्षदेखि यो संकट चर्किँदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरुले पनि स्वीकारेका छन् । महाराजधिराज लगायत सबैले बखतबखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन् ।

यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कँदै छौँ । हाम्रो विचारमा अस्तित्वको संकट पर्नुको मुख्य कारण राष्ट्रियताको अभाव हो । यसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूर्ण जनताको सामुहिक प्रयासबाट हुने अभियान र कार्यले स्थापित हुन्छ । यस्तो सामुहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ ।

कोरा नाराले मात्र हुने भए १६ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर यस सोचनीय स्थितिमा देशले भोग्नुपर्ने थिएन । आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ती र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ ।

हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौँ भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन । त्यति मात्र हैन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीको चालमा पर्ने खण्डमा हुन्छौंँ ।

हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको लागि मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढि जोड दियौँ । आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । यो दोस्रो जिम्मेवारी हो– देशको अस्तित्वको रक्षा गर्ने । हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रुप देखेका छौँ– राष्ट्रियता र प्रजातन्त्र ।

भन्नुको तात्पर्य के हो भने, प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ । यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्यौँ भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेको हुनछौँ । र यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौँ भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन ।

त्यति मात्र हैन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीको चालमा पर्ने खण्डमा हुन्छौंँ । यस्तै यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्यौँ भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौँ र अधिनायकवादीको पक्षधर हुन पुग्छौँ । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्न सक्दैन ।

त्यसो हुनाले हामीले यो कुरा बुझ्नु परेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगेर्नाबाट मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ । तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र बिकास उन्नति एकअर्कामा आधारित तत्व हुन् ।

हामीमाथिको सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खताराको सामु नगण्य भन्ठानेर नै ऐतिहासिक निर्णय हामीले लिएका हौँ ।

नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देशहितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ । २००७ सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन । त्यसपछि आमचुनावलाई सदाको लागि स्थगित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो ।

त्यस आन्दोलनमा अरु धेरै दलहरुको पनि सहयोग हामीलाई प्राप्त भएको थियो । २०१७ सालमा प्रजातन्त्रको पक्षमा संघर्ष गर्यो र आज देशउपरको ( राष्ट्रियताको) खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक (राष्ट्रिय मेलमिलाप) निर्णय लिएका छौँ । जुन निर्णय नेपाली कांग्रेसको परम्परा अनुरुप छ ।

देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ती र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ ।

प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ जब यसका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । हामीलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ । हाम्रा सुभचिन्तकहरुले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्कने सल्लाह दिएकोमा उनीहरुलाई हाम्रो यो भन्नु छ कि हामीमाथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खताराको सामु नगण्य भन्ठानेर नै ऐतिहासिक निर्णय हामीले लिएका हौँ । नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस, देशप्रेमका उदाहरण प्रस्तुत गरेका छन् ।

यस राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सुत्रमा बाँधिनुपर्छ । राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ । मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु ।

यस वक्तव्यद्वारा नेपाली कांग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपिल गर्न चाहान्छु कि राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा सबै एकमत भएर लागौँ । मैले अवसर पाएको खण्डमा महाराजधिराज समक्ष पनि आफूलाई लागेका कुरा राख्नेछु । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको जिम्मेवारी हो । जय नेपाल ।

विश्वेश्वरप्रसाद कोइराला
अध्यक्ष, नेपाली कांग्रेस
२०३३ पुस १६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah