मोरङको विराटनगरमा पोखरीमा डुबेर एक जनाको मृ’त्यु भएकाे छ । विराटनगर महानगरपालिका-११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ बर्षिय सुजन कामतको मृ’त्यु भएको हाे ।पौष १५ गते बाट घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृ’त अवस्थामा कामतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घ’टना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।



