राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन्। राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले मंगलबार सिंहदरबारको मूल गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी हुन्। आजै पूर्वराजा ज्ञानेन्द्र शाह साढे १२ बजे सिंहदरबारअगाडि पुगेर पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ।



