मंगलबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो । सोमबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएकोमा मूल्य बढेर आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ ।



