स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेपछि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिलाई गुहारेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक जोखिम भत्ता अर्थ मन्त्रालयसँग माग गर्नुपर्नेमा ६ महिनादेखि दिन नसकेको भन्दै अर्थ मन्त्रालयसँग समन्वय गरिदिन समितिलाई आग्रह गरेको हो । ‘उहाँहरूलाई ५० प्रतिशत भत्ता दिने भनिएको छ । तर, के कुरा थियो । असारसम्म मात्रै दिन सकेका छौं,’ सचिव पोखरलले भने । यस्तै असारअघिको भत्ता पनि दिन बाँकी रहेको उनले बताए । साथै समितिले समन्वय गरिदिनुपर्ने उनको आग्रह थियो । यससम्बन्धी सबै प्रक्रिया पूरा गरेपछि भत्ताको लागि अर्थ मन्त्रालयमा भत्ता माग्ने गरेको उनले बताए । समिति सभापति जयपुरी घर्तीले भने जवाफको क्रममा अर्थ मन्त्रालयसँग यस विषयमा समन्वय गरिने बताइन् ।
ADVERTISEMENT



