दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अर्को नयाँ घोषणा गरेकाछन् । दमक रेहका एकसयभन्दा बढि सहकारी संस्थाहरुलाइ धक्कालाग्ने गरि एक सदस्य एक सदस्य नीति लागु गराइछाड्ने घोषणा गरेकाहुन् ।
मेची सहकारी संस्थाले गरेको सम्मान कार्यक्रममा सहकारीका अध्यक्ष समेत रहेका ओलीले निश्चित समयसिमा दिएर सहकारीका सदस्यहरुलाइ एउटामात्र सहकारी रोज्नका लागि अवसर दिइने बताए ।
उनले सबैभन्दा पहिला सहकारीका बिज्ञ तथा दमकका सहकारीका सदस्यहरु रहेका जनप्रतिनिधिहरुसंग छलफल गरेर अघि बढ्ने भन्दै धेरै सहकारीमा बस्ने कार्य बन्द गरिने ओलीले जनाए ।
यस्तो अवस्था आएपछि सहकारी संस्थाहरु संकटमा पनि फस्न सक्ने् बताउदै त्यो समयमा एकीकरण गर्न सकिने उनको भनाइ रहेको थियो । सहकारी मैत्री वातवरण बनाउनका लागि आफू लाग्ने उनले जनाए ।
सहकारी दर्ता, अनुगनम तथा दर्ता खारेजी सम्मको अधिकार स्थानीय तहलाइ हुने बताईएको छ । यद्यपि अहिले भने त्यो अधिकारलाइ एउटा आदेश द्धारा अंकुश लगाइएको छ ।
त्यो आदेशलाइ जनप्रतिधिहरुले नमान्ने भन्दै नीतिगत रुपमा नै त्यस बिरुद्ध लडिरहेकाछन् । यदि एक सदस्य एक सहकारी लागु भएको अवस्थामा दमकमा थुप्रै सहकारी संस्थाहरु समस्यामा पर्नेछन् ।



