बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १५८.२६% ले धेरै हो । गत वर्ष कम्पनीले ८७ लाख ९३ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफा बढेको हो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ५८.७७% ले बढेर ५ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ३ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस त्रैमासिक अवधिमा हेवा खोला जलबिद्युत आयोजना पूर्ण रुपमा सञ्चालन भएकोले गर्दा यसको नाफा ह्वात्तै बढेको हो । हाल यसको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ र रिजर्भ कोषमा २ करोड ५४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९५ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५० पैसा छ ।



