-रामराज शर्मा / जीवनदेवी बन्जरा

अचेल स्मार्ट सिटीको निकै चर्चा छ । हालै सम्पन्न स्थानीय तहको चुनावमा कैयौं  उमेदवारले आफ्ना सहरलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका छन् । स्मार्ट फोन लिएर हिंड्ने हामीलाई अब ‘स्मार्ट सिटी’को भूत चडेको छ । सामाजिक सञ्जालमा यस शब्दले  निकै ‘मार्केट’ लिइरहेको छ। कतिले ठट्टाको विषय बनाएका छन् त कतिपय आशावादी   पनि देखिन्छन् । तर, ठूलो जमात भने के हो त स्मार्ट सिटी भन्नेमै अलमलिएको देखिन्छ। खासमा स्मार्ट सिटी बनेपछि के कस्ता सुविधा प्राप्त हुनेछन् र हाम्रो जीवन कत्तिको सहज हुनेछ भन्ने केही उदाहरण यस लेखमा समेट्ने जमर्को गरिएको छ ।

सडक र सुरक्षा

सहरका ठाउँठाउँमा सीसीटीभी हुनेछन् र तिनको सूक्ष्म निरीक्षण सयौँ सुरक्षाकर्मीले मुख्यकेन्द्रबाट निरन्तर गरिरहेका हुनेछन् । कहीँ कतै कुनै घटना भइहालेमा तुरुन्त सुरक्षाकर्मी घटनास्थलमा पुग्नेछन् र नियन्त्रण तथा उद्धार गर्नेछन् । सडक प्रयोगकर्ताको सुरक्षालाई निकै प्राथमिकता दिइने छ, सडक छेउ र ‘लेन डिभाइडर’मा फरकफरक रङका बत्तीको  प्रयोग हुनेछ । त्यसले गर्दा दिन वा रात जुनसुकै बेला सडक यात्री वा चालकले सुरक्षित महसुस गर्ने छन । सडकमा प्रशस्त सेफ्टी बोर्ड, सडक मार्किङ्ग, जेब्रा क्रस , ट्राफिक लाइट, ओभरहेड क्रसिङ, सब वे र सडक बत्ती हुनेछन् र यी सबैलाई सीसीटीभीको निगरानीमा राखिनेछन् ।  कुनै घटना भइहालेमा कस्को गल्ती भनेर छुट्याउन समस्या हुनेछैन । गाडी चालकको गल्ती रहेछ भने गाडी धनीको घरमा तुरुन्त चिठी र नियम उल्लङ्घनबापतको फाइन बिल पुग्नेछ।

यातायात

छुट्टै साइकल बाटो (लेन) हुनेछ । निश्चित स्थानमा मात्रै बस स्टप हुनेछन् । प्रत्येक बस स्टपमा बस आउने समय र छुट्ने समय इलेक्ट्रोनिक बोर्डद्वारा देखाइनेछ। मेट्रो र मोनो रेलको समय सेकेन्डमा पनि फरक पर्नेछैन। यात्रीलाई  राष्ट्रिय र स्थानीय भाषामा रेल तथा बस पुग्ने स्थानको जानाकारी दिइनेछ । बस वा रेल चढदा नगद प्रयोग आवश्यक हुनेछैन। प्री पेड कार्ड, मोबाइल वा बैँक कार्ड चढ्ने र झर्ने समयमा पेमेसिनमा छोए भाडा तिरिनेछ । घरबाटै इन्टर नेट प्रयोग गरी अग्रिम टिकट किनेर यात्रा गर्न पनि सकिनेछ। यात्रा गर्न नगद लिएर हिंड्नु नपर्ने हुनाले पकेट्मार पनि जिल्लराम पर्नेछन्। गाडी पार्किङ गर्नुपरेमा कुनै झन्झट हुनेछैन । पार्किङ खाली छ छैन ? पार्किङ चार्ज कती हो ? सबै मोबाइल एप्समै आउनेछ। पार्किङ शुल्क बैँक कार्ड वा फोन प्रयोग गरेर तिर्न सकिनेछ।

सपिङ

खाना पकाउन अल्छी लागे फोन वा अनलाइनमा गएर सिधै मनपरेको खानेकुरा अर्डर गरे भनेको समयमा खाना घरमै आइपुग्छ र तरकारी, बगैँचाका समान, केटाकेटीका खेलौना, बेडरुम सजावटका समान जे चाहिन्छ घरबाटै अर्डर गरे हुन्छ। उपयुक्त समयमा आइपुग्छ। पैसा तिरेपछि अनलाइनबाटै बिल ईमेलमा आउँछ  । कागज प्रयोग नहुने हुनाले वातावरण संरक्षणमा  सहयोग पुग्नेछ। स्मार्ट सपिङबाट  समयको बचत, झन्झटबाट मुक्ति ।

युटिलिटी अर्थात् घरायसी प्रयोग

बिजुली, खानेपानी र ग्यासको पैसा प्रिपेड र पोस्टपेड दुबै तरिकाबाट तिर्न सकिनेछ। प्रिपेड भए सम्बन्धित प्रिपेड कार्ड किन्ने र घरमा रहेको कार्ड स्लटमा राखेपछि उक्त रकम नसकिँदासम्म ग्यास र बिजुली प्रयोग गर्न पाइनेछ, कार्डको पैसा सकिए अर्को कार्ड किन्ने  । पोस्टपेड सिस्टममा लगातार बिजुली, पानी र ग्यास आइरहन्छ, महिनाको निश्चित दिनमा स्मार्टमिटरले इन्टरनेट प्रयोग गरेर प्रयोग गरेको युनिट सम्बन्धित अफिसमा पठाइदिनेछ र बिल तयार हुँदाहुँदै खाताबाट स्वत: पैसा लिनेछ। खानेपानी र ढलको पनि प्रयोग गरेको पानीको मात्राअनुसार आँफै बैंकबाट पैसा काटिनेछ । बिल तिर्ने दिनमा बैंक खातामा पैसा नभए अर्को दिनदेखि बिजुली, ग्यास र पानी आँफै बन्द हुनेछ । न घन्टौं लाइन बस्नुपर्ने झन्झट न कुनै कागजी बिल आवश्यक पर्ने । अनि भएन त स्मार्ट तरिका।

फुटबल, क्रिकेट, बक्सिङ्गवाअरूकुनैखेलकोपारखीहुनुहुन्छ? अबलाइनलाग्नुजरुरीहुनेछैन।टिभीरिमोटमारहेकोरातोबटनदबाएरनिश्चितच्यानलकोखासखेलछान्नुहोस्टीभीबाटैउक्तखेलहेर्नपैसातिर्नुहोस्अनीहेर्नुहोस्।कतिसजिलोहोइनत? नयाँफिल्मलाग्योरसिनेमाहलजानेमनछैन  समस्याछैन।स्मार्टटीभीमैइन्टरनेटप्रयोगगरीउत्तिखेरैपैसातिरेरहेर्नुहोस्स्मार्टसिटीमास्मार्टबन्नुस्।

प्रशासनिक काम:

ठेगाना परिवर्तन गर्नु पर्नेछ, नगरपलिका कर तिर्नु पर्नेछ, ड्राइभिङ लाइसेन्स हराएर अर्को निकाल्नु पर्ने वा नवीकरण गर्नु पर्नेछ, बैँकमा रिन माग्न आवेदन दिनुपर्नेछ, नयाँ  पासपोर्टको निवेदन होस् या नवीकरण गर्नुपरेको छ, मोटर साइकल वा कारको सवारी कर तिर्नु पर्नेछ सबै काम घरमै बसेर कम्युटर र इन्टरनेटको सहायताबाट गर्न सकिनेछ । केही कामको अन्तिम निर्णयको लागिमात्रै अफिसमा उपस्थित भए पुग्छ ।

रिमोट कन्ट्रोल 

घरबाट निकै टाढा भनौ न काठमाडौंमा घर छ र तपाईं पोखरामा हुनुहुन्छ । घरको फ्रिज बन्द गर्नुपर्ने भयो, एसी बन्द गर्नुपर्ने भयो । अब सजिलो छ र तपाईंसँगै भएको मोबाइल एप्प्सबाट उक्तकाम गर्न सक्नु हुन्छ । टीभीमा आउने कार्यक्रम छुटने चिन्ता हुँदैन । बाहिरबाटै टीभीको कुनै कार्यक्रम रेकर्ड गरेर राख्न सक्नुहुनेछ र घर पुगेपछि फुर्सदमा हेर्नसक्नु हुनेछ। बाहिरबाट घर जाँदै हुनुहुन्छ भने मोबाइल एप्स प्रयोग गरी घरको एसी अन गर्नुस् ।  घर पुग्दा वातानुकुलित वातावरण प्राप्त हुनेछ । अर्थात् रिमोटबाटै धेरै कुरा कन्ट्रोल गर्दै जीवन सहज पार्न सकिनेछ।

अपाङ्गता भएका, बालबाफिका तथा बृद्ध मैत्री

सम्पूर्ण सडक, जेब्रा क्रसिङ्ग, सार्वजनिक स्थानहरु जस्तै शौचालय, पार्क, सरकारी अफिस, सपिङ्ग कम्प्लेक्स, पर्किङ स्थान सबै अपाङ्गता भएका व्यक्ति, बालबालिका र पाकाहरूका लागि सजिला हुनेछन् । उनीहरूलाई सहयोग पुग्ने किसिमका साइन बोर्ड तथा आवाज आउने यन्त्र जडान गरिएको हुनेछ। कँही कसैले दु:ख पाउनु पर्नेछैन ।

समग्रमा स्मार्ट सिटी

बस वा ट्रेनमा यात्रा गर्दै हुन्हुन्छ ? कन्डक्टरबाट पचास पैसा वा एक रुपया फिर्ता पाइन भन्नै पर्नेछैन। पसलमा समान किनिसकेर फिर्ता पाउने खुद्रा पैसाको सट्टा मिठाइ भिडायो भनेर गुनासो गर्नु पर्नेछैन । बिजुली अफिस, लाइसेन्स अफिस, नगरपालिका, बैँक वा खानेपानी अफिसमा घन्टौं लाइन बस्नु पर्नेछैन। बस स्टप र रेल स्टपमा प्रतीक्षा गरिरहनु पर्नेछैन। भिडभाडमा पकेट मारिएला भन्ने चिन्ता गर्नु पर्नेछैन। पेट्रोलपम्प चौबिसै घन्टा खुला हुने हुनाले सहज हुनेछ। पार्किङ कसैले ठग्यो भन्ने गुनासो रहनेछैन । प्रीपेड, पोस्ट पेड वा बैँक कार्ड हराइहालेमा तुरुन्त एक फोनकल मै ब्लक गर्न सकिनेछ। जतासुकै सुरक्षित महसुस गर्नुहुनेछ।  स्मार्ट स्वास्थ, स्मार्ट शिक्षा, स्मार्ट कृषिजस्ता अनेक पक्षलाई यस लेखमा समेटिएको छैन तर यी पनि स्मार्टसिटी कै तत्त्व हुन् । मोबाइल र ल्यापटपका बटनमा जीवन गाँसिएको हुनेछ । यही नै त हो स्मार्ट सिटी। तर, पूर्ण स्मार्टसिटी हुनका लागि आफू स्मार्ट बन्नु जरुरी छ।

यी माथि लेखियका सबै सुविधा विकसित देशमा प्रयोग भइसकेका छन् । अझै प्रविधिको विकास सँगै अरू नयाँ सुविधा भविष्यमा थपिने नै छन् । @er_rrsharma बाह्खरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah