काठमाडौं । माघ महिनाको कृष्णपक्षमा पर्ने एकादशीलाई षट्तिला एकादशीव्रतका रुपमा शास्त्रमा व्याख्या गरिएको छ । कृष्णपक्ष र तिल दुवै पितृकार्यका लागि विशेष महत्व रहनेभएकाले पनि षट्तिला एकादशीलाई विशेष धार्मिक महत्वका साथ पूजा गर्ने दिनका रुपमा व्याख्या गरिएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

उनका अनुसार पद्म पुराणमा व्याख्या भएअनुसार अहिले माघ स्नानको समय चलिरहेकाले आजका दिन व्रत बसेर, सखर तथा तिल मिसाएको जलले स्नान गरेमा सम्पूर्ण रोगहरू निको हुने व्याख्या गरिएको छ ।पवित्र स्थानमा विशेषगरी तिल मिसाएको जलद्वारा आफ्ना पितृहरूलाई तर्पण गरी पूजा गरेमा घरमा भएका अनेकौं पितृ दोष पनि निवारण हुने विशेष व्याख्या गरिएको छ ।

एकादशीमा प्रमुख देवताका रुपमा भगवान विष्णुको विशेष रुपमा पूजा तथा आरधना गर्ने नियम शास्त्रमा व्याख्या गरिएको छ ।षट्तिला एकादिशी नाम भएकाले पनि प्रसाद, भोजन, दान, तर्पण आदिमा तिलको महत्व विशेष रहेको छ । षट्तिला एकादशी भएकाले विशेष ६ स्थानमा तिलको प्रयोगगर्नुपर्ने नियम रहेको ज्योतिष रिजालले बताए ।

१ आजको दिन तिल मिश्रित जलद्वारा स्नानगरेमा सम्पूर्ण दोष नाशहुने शास्त्रीय नियम रहेको छ ।

२ तिलको तेलमा बत्ति बालेर भगवान् विष्णुको आरती गरेमा लक्ष्मीजीको कृपा सधैंभरि रहिरहने उल्लेख गरिएको छ ।

३ घरमा हुने नकारात्मक उर्जालाई सकारात्मक ऊर्जामा परिवर्तन गर्न तिलको हवन गर्नुपर्ने नियम रहेको छ ।

४ तिल मिसाएको जल सेवन गरेमा हरेक प्रकारका रोगहरू निको हुने आयुर्वेदिक ग्रन्थ चरक संहितामा उल्लेख गरिएको छ ।

५ शनिग्रहको नकारात्मक प्रभावबाट बच्न तथा मारकेश दशाबाट हुने अकाल मृत्युुहुनबाट जोगिन कालो तिल दानगरेमा सम्पूर्ण दोषहरू कट्ने छन् ।

६ तिलबाट बनाइएका बिशेश परिकार सेवन गरेमा शरिरमा पञ्चतत्व सन्तुलनमा रहिरहने उल्लेख गरिएको छ । पञ्चत्त्वको सन्तुलन सहितकाबाट बनिरहेमा कुनै पनि प्रकारका समस्या हरू शरीरमा देखा पर्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah