बेरोजगार युवालाई भत्ता दिने व्यबस्था सहितको सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट पारित भएको छ ।

व्यवस्थापिका संसदको सोमवार बसेको बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको प्रतिवेदन सहितको सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

गत जेठ ३० गते समितिले विधेयक पारित गरेको थियो । विधेयक पारित हुनु नेपाली श्रमिकका लागि कोषेढुंगा सावित हुने सांसदहरुले बताएका छन् ।

श्रम विधेयक पारित भएसँगै झण्डै सबा १४ लाख नेपाली श्रमिक लाभान्वित हुने छन् । एक तथ्याङ्क अनुसार नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरेर करिव १ करोड २० लाख श्रमिक छन् ।

विधेयक पारित भएपछि श्रमिकलाई ठूलो लाभ मिल्नेछ । विधेयकले चोटपटक तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना र दूर्घटना तथा अशक्त सुरक्षा योजनालाई प्रत्याभूत गरेको छ ।

त्यस्तै, विधेयकमा वृद्व अवस्थामा सुरक्षा योजना, आश्रित परिवारका लागि सुरक्षा योजना, बेरोजगार सुरक्षा योजना, कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजना लगायतलाई समेटेको छ ।

ऐन पारित भएपछि रोजगारदाता कम्पनीबाट २० प्रतिशत, श्रमिक आफैंबाट ११ प्रतिशत र करबापत १ प्रतिशत गरी कुल ३२ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जानेछ । यसले श्रमिकको भविश्यलाई सुनिश्चित गर्नेछ ।

हाल अर्थमन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको झण्डै १४ अर्ब रुपैयाँ पनि ऐनले व्यवस्था गरेबमोजिम गठन हुने कोषमा जम्मा हुनेछ ।

हाल विभिन्न ४८ शिर्षकमा सरकारले सामाजिक सुरक्षा रकम वितरण गर्छ ।
समिति सभापति जुठ बहादुर खड्गी (जेबी टुहुरे) ले विधेयक पारित गरियोस भनी प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah