काठमाडौं । प्रदेश १ को मन्त्रिपरिषद आज विस्तार हुने भएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको छ । मन्त्रीका आकांक्षी धेरै भएपछि सात मन्त्रालय रहेको प्रदेश १ मा मन्त्रालयको संख्या १३ पुरेयाइएको छ । मुख्यमन्त्री राईले सत्तारूढ दलहरूबाट मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो ।

प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्री बन्ने भएका छन् ।

यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्। झापाका ओमप्रकाश सरावागी, ताप्लेजुङका प्रतापप्रकाश हाङगाम र मोरङका शेखरचन्द्र थापा मन्त्री हुने सम्भावना छ।

एकीकृत समाजवादीबाट खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु र मोरङका उपेन्द्रप्रसाद घिमिरे मन्त्री हुने तयारीमा रहनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट यसअघ १ मन्त्री रहेकोमा आज २ जना थप गर्न लागिएको छ। खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्री हुन लाग्नुभएको छ ।

जसपा र संघीय लोकतान्त्रिक मन्चबाट एक एकजना मन्त्री हुने गरी सत्तारूढ गठबन्धनले मन्त्रालय भागबन्डा गरेका थिए।

सात मन्त्रालय फुटाएर १३ बनाउने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय भएको थियो।

प्रदेश १ मा १९ मन्त्रालयसम्म बनाउन पाइने संविधानको व्यवस्था रहेको सत्तारूढ गठबन्धनले दाबी गरिरहेका छन् । तर नेकपा एमालेले भने मन्त्रालय फुटाउने निर्णयको विरोध गरेको छ।

आज मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बताएको छ।

गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah