झापाको दमकमा जनप्रतिनिधिहरुले ट्राफिक ब्यवस्थापन र दूर्घटना न्यूनिकरणका लागि सामुहिक प्रतिबद्धता जनाएकाछन् । इलाका ट्राफिक प्रहरी कार्यालय दमकले मंगलवार बिहान राखेको छलफलमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारी सहित सम्पूर्ण वाडका वाडध्यक्षहरुले यस्तो प्रतिबद्धता जनाएकाहुन् ।

नगरमा ट्राफिक समस्या विकराल बन्दै गएको जनाउदै दूर्घटनाका कारण बर्षेनी ज्यान गुमाउनेको संख्या बढेपछि ट्राफिक प्रहरीले जनप्रतिनिधिहरुलाइ यस बिषयमा जानकारी गराएपछि यस्तो प्रतिबद्धता आएको हो ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दीनेश अधिकारीले ट्राफिक ब्यवस्थापनका लागि गरिनु पर्ने कामहरुको बिषयमा समेत ध्यानकर्षण गराएका थिए ।

वडाध्यक्षहरुले दूर्घटना न्यूनिकरणका लागि साझा प्रयासमा आफूहरुको सहयोग र समर्थन रहेको भन्दै नगरसभामा पनि यस बिषयमा छलफल गरेर आवश्यक निर्णय गरिने बताएका थिए ।

दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारी, ३ का वडाध्यक्ष नबिन बराल, ५ का वडाध्यक्ष इन्द्र गुरुङ, ६ का वडाध्यक्ष टेकबहादुर थापा, ७ का वडाध्यक्ष भिम पौड्या, ८ का वडाध्यक्ष पशुपतिराज गौतम र ९ का वडाध्यक्ष बोधराज न्यौपाने लगायतले प्रतिबद्धता जनाएकाहुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah