रुसले दैनिक १० मिलियन ब्यारेल तेल उत्पादन गर्छ। जुन विश्वव्यापी मागको १० प्रतिशत हो।

यसका साथै रुस युरोपमा प्राकृतिक ग्यासको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। यदि यो सप्लाई लाइन बिग्रियो भने इन्धनको मूल्य आकाशिने सम्भावना छ।

मागको तुलनामा आपूर्ति नहुँदा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलर पुगेको छ। जुन सन् २०१४ यताकै उच्च हो।

विज्ञहरुका अनुसार छिट्टै यसले प्रतिब्यारेल १०० डलरको अंक पनि पार गर्नेछ। सोमबार तेल बजार झन्डै २ प्रतिशतले बढेको छ। योसँगै युरोपेली प्राकृतिक ग्यासको मूल्य पनि करिब ६ प्रतिशतले बढेको छ।

रुसले युरोपलाई कुल प्राकृतिक ग्यासको ३३ प्रतिशत युक्रेनी पाइपलाइनमार्फत आपूर्ति गर्छ। यो आपूर्ति शृंखला प्रभावित भएमा विद्युत उत्पादन कटौती हुनुका साथै कलकारखाना बन्द गर्नुपर्ने अवस्था आउन सक्छ। यससँगै विश्वभरको शेयर बजार अझै ओरालो लाग्नेछ।

कोरोनाका कारण धेरैले सार्वजनिक यातायात छाडेर निजी सवारीसाधन बढी प्रयोग गरिरहेका छन्। जसका कारण इन्धनको माग बढेको छ। यसैलाई ध्यानमा राख्दै अमेरिकी तेल कम्पनीहरूले क्रमशः उत्पादन बढाइरहेका छन्।

बाइडेन प्रशासनले इरानसँगको आणविक सम्झौतालाई ट्रयाकमा फर्काउने प्रयास गरिरहेको छ। यो सम्झौता अड्किएकै कारण इरानले अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ। यो सम्झौता भएमा इरानले दैनिक १० लाख ब्यारेल तेल उत्पादन गर्न सक्नेछ। –एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah