सवाल नेपाल/राजनीतिक ब्यूरो
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाइ चिनिया नेताहरुले भब्य स्वागत र सम्मान गरेकाछन् । उनलाइ त्यहाँ आफू प्रधानमन्त्री भएर जाँदाभन्दा कुनै पनि सम्मानमा कमी नभएको बताईएको छ । ओलीलाइ स्वागत गर्न र भेट गर्नका लागि त्यहाँका शिर्ष नेताहरुले कुनै कन्चुस्याइ नगरेको जनाईएको छ ।
भ्रमणदलमा रहेका एक नेताले फेसबुकमार्फतको कुराकानीमा दिएको जानकारी अनुसार चिनिया अधिकारीहरु ओलीको सरकार छिटो ढलाइएकोमा चिन्तामा रहेको पाइयो ।
बिकासले गति लिएको नेपालमा आफूहरुले धेरै लगानी गर्ने सोच रहेपनि अहिलेको सरकारले त्यो वावतरण तयार नपारेको भन्दै ओली समक्ष गुनासो पोखेको ति नेताले बताएकाछन् ।
ओली प्रधानमन्त्री हुदा गरिएका बिभिन्न सम्झौता तथा चीनसंगको सहकार्यलाइ अहिलेको सरकारले महत्व नदिएको बताए थिए ।
उनिहरुले ओलीको नेतृत्वमा सरकार हुँदा जून अवस्था थियो त्यो नरहेको भन्दै चीन नेपाललाइ जस्तो सुकै सहयोग गर्न तयार रहेको चिनिया शिर्ष नेताहरुले बताएको उनले जानकारी दिए ।
ओलीले आफू फर्केर सरकारसंग कुरा गर्ने बताउदै सहयोगहरुलाइ निरन्तरता दिन आग्रह गरेका थिए । उनले आफू सरकार बाहिर रहेपनि बिकास र सम्बृद्धिको नेतृत्व लिने बताउदै स्थानीय निकायमा एमाले देशको पहिलो पार्टी बनेको जनाएका थिए । ओलीले नेपाली जनताको बिकास र सम्बृद्धिको सपना साकार पार्नका लागि सहयोग गर्न आग्रह गरका थिए ।



