सवाल नेपाल/राजनीतिक ब्यूरो
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा अकल्पनिय स्वागत, सत्कार भएको बताईएको छ ।
सामान्य भ्रमणको रुपमा हेरिएको भएपनि यस भ्रमणले नेपाली राजनीतिमा र दूइदेशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण बनेको नेकपा एमालेका नेताहरुले बताएकाछन् ।
ओलीले सरकारको नेतृत्वगर्दा शुरु भएका परियोजनाहरुको बिषयमा चीन सरकारका अधिकारीहरुदेखि लिएर उच्च तहका नेताहरुलेसम्म चासो राखेको जनाईएको छ ।
उनिहरुले सरकार चाँडो ढल्दा बिकास पनि संगै ढलेको अनूभूत गरेको भन्दै दुख ब्यक्त गरेको भ्रमणदलमा सहभागि एक नेताले जानकारी दिएकाछन् ।
नेपालको बिकास र सम्बृद्धि हेर्न आफूहरु लालयित रहेको भन्दै पुन एकपटक ओली सरकारमा आउनु पर्ने कतिपय चिनिया बरिष्ठ नेताहरुले नै बताएको भन्दै ओली जनताको अभिमत लिएर अब सरकारको नेतृत्व एमालेले गर्नेै बताएको ति नेताले जनाए ।
उनका अनुसार ओलीले सरकार बदलिएपनि बिकासको नेतृत्व आफूले गर्न नछाड्ने भन्दै सहयोगलाइ निरन्तरता दिन आग्रह गरे ।



