काठमाडौ, ६ कात्तिक । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्र्र्कीिवरुद्ध संविधानअनुसार महाअभियोग प्रस्ताव संसदमा दर्ता भइसकेको छ । कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि स्वतः निलम्बनमा पर्ने संवैधानिक व्यवस्था छ ।
अख्तियारको वोर्ड बैठकले समेत आयोगका अर्का आयुक्त दिप बस्न्यातलाई कार्यबाहक दिएको छ । तर अख्तियारकै वेवसाइटमा भने महाअभियोग दर्ता भएको ३ दिन पुग्दासमेत प्रमुख आयुक्त लोकमानसिंह कार्की नै रहेको राखिएको छ ।
भ्रष्टाचारको आरोपमा पक्राउ पर्दा तत्कालै सामाजिक सञ्जाल र आफ्नै वेवसाइटमा अपडेट गर्ने अख्तियारले निलम्बित कार्कीको नाम अहिलेसम्म पनि आफ्नो वेवसाइटबाट हटाएको छैन । यता निलम्बित कार्की अझै पनि सरकारले उपलब्ध गराएको सरकारी निवासमै बस्दै आएका छन् ।



