तत्कालीन प्रदेश १ को नाम कोशी राख्न सहमत हुँदै कोशीको पक्षमै मतदान गरेको नेकपा (माओवादी केन्द्र) यतिबेला भने त्यही नाम खारेज गर्नुपर्ने आन्दोलनमा समाहित भएको छ ।

चैत २१ गते नेकपा माओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले भर्चुअल बैठक गरेर कोशी खारेज गर्नुपर्ने भन्दै सरोकारवालासँग छलफल गरे।

आगामी चैत २८ गते पनि माओवादी निकट किराती राष्ट्रिय मुक्ति मोर्चाले त्यस्तै छलफल आयोजना गरेको छ ।

उक्त छलफल कोशी नाम खारेजको माग गर्दै संघर्षरत प्रदेश नं १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिले चार दिन अगाडि चैत १८ गते बसेको बैठकको निर्णय अनुसार भएको हो ।

माओवादी निकटका धेरै मानिस उक्त आन्दोलनमा सहयोग गर्ने, सहभागी हुने र ऐक्यबद्धता जनाउन पहिलोदेखि नै लागिरहेका थिए । घोषित आन्दोलनले ३६ दिन पार गर्दै गर्दा माओवादी केन्द्र पार्टीले नै आन्दोलनमा ऐक्यबद्धता जनाइसकेको छ ।

आन्दोलनको माग र मुद्दालाई स्थापित गराउन भन्दै प्रदेशका मुख्यमन्त्री, सभामुख र संसदीय दलका नेताहरुलाई २०७९ चैत २५ गते १० दिने चेतावनीपत्र दिने संघर्ष समितिको भनाइ छ ।
उक्त अभियानमा आफ्नो पार्टी पनि सहभागी हुने माओवादी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्साहाङ मेन्याङ्बो बताउँछन् ।

तर, कतिपयले भने माओवादीको यो दोहोरो चरित्र भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah