केहि समय अघि राप्रपामा केन्द्रिय सदस्य निर्वाचित भएका दमकका प्रविण चाम्लिङ राप्रपाबाट फुटेको राप्रपा प्रजातन्त्रिकमा गएकाछन् । पशुपति शम्शेर जबराले नयाँ पार्टी दर्ताको क्रममा बुझाएको नाम सहितको हस्ताक्षरमा उनि पनि रहेको पाईएको हो ।

कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएर नयाँ पार्टी खोलेका पशुपति शम्शेर राणाले झण्डै पाँच दर्जन नेताको हस्ताक्षर सहितको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । नयाँ दल दर्ता प्रयोजनका लागि राणाले पार्टी पदाधिकारी, सांसद र केन्द्रीय सदस्यहरुको नामावली बुझाएका हुन् ।  ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिइएको छ ।

राप्रपाबाट अलग भएका पशुपति शमशेर राणाले संसद सचिवालयमा पार्टी बिभाजन भएको जानकारी पनि गराएका छन् । उनले आफ्नो पक्षमा २२ जना सांसदहरु रहेको दाबी गरे पनि संसद सचिवालयमा बुझाइएको नामावलीमा १९ जनाको नाम छ ।

सांसदहरु दिपक बोहरा, सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, रेशमबहादुर लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, रमेश कुमार लामाको राणाको पक्षमा छन् ।

यसैगरी सइन्द्र वान्तवा, गिता सिंह, बबिना मोक्तान, धानो महरा, सिता लुइँटेल ज्ञवाली, राज्यलक्ष्मी देबी शाह, इस्तियाक अहमद खाँ, सरोज शर्मा, कमला देबी शर्मा, आनन्दी पन्त पनि राणा पक्षमा लागेका छन् ।

राप्रपासँग कुल ३७ सांसद थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah