प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका सन्दर्भमा भारतबाट प्रकाशित हुने अंग्रेजी पत्रिका ‘स्वराज्य’ले मंगलवार नेपालको विश्वास भारतले कसरी जित्न सक्छ भनी एक लेख प्रकाशित गरेको छ ।


जयदीप मजुमदारको लेख ‘इन्डिया नीड्स टु अर्जेन्ट्ली काउन्टर चाइनाज ग्रोइङ इन्फ्लुएन्स इन नेपाल’ मा भारतले तत्कालै सुधारात्मक कदमहरू चाल्नुपर्ने लेखिएको छ ।

उनको लेखको भावानुवाद यहाँ प्रस्तुत गरिएको छ :

भारतले आधिकारिक वक्तव्य, सम्झौता, सहायता र दुई सरकारबीचको सम्बन्धभन्दा निकै अघि बढ्नु जरूरी छ । अहिलेको स्थितिमा चीनले नेपालमा भारतभन्दा बढी प्रभाव जमाएको छ । आधिकारिक तवरमा मात्र नभई जनस्तरमा यो प्रभाव देखिन्छ । नेपालीहरूमा भारतभन्दा चीनकै छवि बढी सकारात्मक देखिन्छ ।

यसो हुनुमा सबभन्दा धेरै दोष भारतकै छ । भारतले नेपाललाई आफ्नो ‘प्रभावक्षेत्र’ मान्छ र नेपालप्रति ठूल्दाजुको जस्तो व्यवहार गर्छ । नेपाल र त्यहाँका नागरिकले स्वाभाविक रूपमा त्यसलाई मन पराउँदैनन् । चीनले भारतप्रतिको यो घृणालाई चर्काउनका लागि गोप्य अभियान चलाएको छ ।

राजनीतिकर्मी, प्रशासक र कूटनीतिज्ञसहितको भारतीय संस्थापन पक्षले नेपाल एक सार्वभौम मुलुक भएको कुरा बुझ्नु र मनन गर्नु जरूरी छ । नेपालीहरू समान व्यवहारको अपेक्षा गर्छन् । भारतीय राजनीतिकर्मी तथा कूटनीतिज्ञहरूले नेपाली समकक्षीहरूसँग सम्मानपूर्वक संवाद गर्नुपर्छ, उनीहरूलाई हेपेर कुरा गर्नुहुँदैन । भारतीय संस्थापन पक्षको मानसिकतामा नेपाल अझै पनि सानो र कमजोर छिमेकी हो जसलाई यसो र उसो गर्न भनिन्छ । यो मानसिकता तत्कालै परिवर्तन गरिनुपर्छ ।


छोटकरीमा भन्दा काठमाडौंको विश्वास जित्नका लागि नयाँ दिल्लीले गर्नुपर्ने केही कुरा यहाँ उल्लेखित छन् :

भारत र नेपालबीचका सबै असमान सन्धिलाई नेपाल सन्तुष्ट हुनेगरी संशोधन गर्नुपर्छ ।

तराईमा कुनै आन्दोलन भएपनि भारतबाट नेपालमा सरसामान आपूर्तिलाई नरोक्ने लिखित प्रतिबद्धता गर्नुपर्छ ।

राजनीतिकर्मी, प्रशासक, सञ्चारमाध्यमका व्यक्ति, व्यावसायिक व्यक्ति, बुद्धिजीवी वर्ग र नेपालका गैरसरकारी संस्थासँगको संवाद बढाउनुपर्छ ।

दुई देशमा साझा रहेका सांस्कृतिक, धार्मिक तथा अन्य सम्बन्धलाई मजबूत बनाउनुपर्छ ।

नेपाललाई अझै खुला दिलले सहायता गर्नुपर्छ ।

संयुक्त निर्माण, जलविद्युत् तथा अन्य परियोजनाको कामलाई तीव्रता दिनुपर्छ ।

ओली तथा बेइजिङपरस्त अन्य नेपाली राजनीतिकर्मीको विश्वास जित्नुपर्छ ।

नेपाललाई समान र सार्वभौम मुलुकका रूपमा व्यवहार गर्नुपर्छ ।

नेपालका गुनासा र चिन्ताहरूप्रति संवेदनशीलता देखाउनुपर्छ (भारतले बनाएका बाँधका कारण तराईमा बाढी आएको विषय) अनि ती चिन्तालाई तत्कालै सम्बोधन गर्नका लागि संयन्त्र गठन गर्नुपर्छ ।

भारतीय व्यापारीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ ।

‘पूर्वतर्फ’ नीतिअन्तर्गत नेपाललाई पनि पार्नुपर्छ ।

नेपालको आन्तरिक मामिलामा सिधै हस्तक्षेप गर्न बन्द गर्नुपर्छ ।

यी माथि बताइएका उपाय कार्यान्वयन गर्न कुनै अप्ठ्यारो छैन र नेपाललाई आफ्नो प्रभावक्षेत्रमा पार्ने चीनको दृढनिश्चयलाई निस्तेज पार्न अनिवार्य रूपमा यसलाई कार्यान्वयन गर्नैपर्छ । नेपालमा चीनको प्रभाव बढ्नु भनेको भारतका लागि अत्यन्तै खराब समाचार हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah