बिपिपि
दमक/केहि दिन अघि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको संम्बोधनको बिषयमा बिभिन्न सकारत्मक तथा नकारत्मक टिप्पणिहरु भएकाछन् ।
उनले आफूहरुसंग परामर्श नमागेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाइ भारत भ्रमणमा गर्नु पर्ने केहि महत्वपूर्ण सुझावहरुसंगै समसामयिक बिषयमा आफ्ना दृष्टिकोणहरु प्रष्ट रुपमा राखेका थिए ।
उनले संसदमा बोलेका दूइवटा कुराले अहिले निक्कै चर्चा पाएको छ । एउटा संबिधान शंशोधन बिधेयक पास नभएकोप्रति खुसि प्रकट गर्दै संसदलाइ नमन गर्छु भनेको अभिब्यक्तिले सबैलाइ भावुक बनायो ।
सबै दलबाट प्रतिनिधित्व गर्ने सांसदहरु नै भावुक भएका थिए भने ओलीले त्यसो भनिरहदा गम्भिर देखिएका थिए । उनले संसदप्रति शिर झुकाएर त्यसो भनिरहदा देउवापनि गम्भिर देखिन्थे ।
अर्को बिषय ‘मेरो यो आँसु बगाई व्यक्तिप्रति हैन प्रवृत्तिप्रति हो।’ भनेपछि यसले पनि चर्चा पाएको छ । सर्वोच्च अदालको पछिल्लो गतिबिधि र सरकारले डिआइजि नवराज सिलवालमाथि गरेको अन्यायको बिषयमा उनले यस्तो भनेका थिए ।
कतिले यसलाइ कमल थापाको पक्षमा बोलेको पनि भनेर अर्थ लगाएकाछन् । सिलवाल प्रकरणलाइ लिएर ओलीले सरकारको आलोचना गर्दै आएका थिए । सिलवाललाइ एमालेको आरोप लगाएर नै अहिले यता न उताको बनाइएको छ ।
ओलीका भाषण तथा सम्बोधन यसै पनि रोचक बन्छन । पछिल्लो संसदमा गरेको उनको सम्बोधन अहिले त्यस्तै चर्चाको बिषय बनेको हो । उनको सम्बोधन भाइरल नै बनेको थियो ।
फेरी प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा गएर संबिधान शंशोधन गरेर नै छाड्ने बताएपछि यसको सान्दर्भिकता थप बढेको हो । यसमा ओलीको प्रतिक्रिया भने आइसकेको छैन ।



