बिष्णुप्रसाद पोखरेल
दमक/अचाक्लि रुपमा दैनिक उपभोग्य सामाग्रिहरुको मूल्य बृद्धि भएको र बजारमा उपभोक्ताहरु ठगिएको गुनासो आउन थालेपछि दमकका जनप्रतिनिधिहरु बजार अनुगमनमा लागेकाछन् ।

दमक नगरपालिकाले बजार अनुगमन समिति नै बनाएर नगरबासी उपभोक्तालाइ ठगिनबाट रोक्ने अभियान शुरु गरेको हो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार मूख्य बजार क्षेत्रबाट प्रतिनिधित्व गर्ने वडाध्यक्ष भीम पौड्यालको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको जिम्मेवारी दिइएको छ ।

समितिले बजारमा कृत्रिम अभाव हुन नदिन, ठग्ने नियतका साथ मूल्य बृद्धि गरेको भए त्यसलाइ रोक्न निर्देशन दिनेछ । बजारको अवस्थाको बिषयमा नगरपालिकामा प्रतिवेदन दिन समेत भनिएको उनले जानकारी दिए ।

चाडपर्वको समयमा हुनसक्ने कालोबजारी र कृत्रिम अभावलाइ रोक्न समयमा नै सचेतता अपनाइएको जनाईएको छ । लेवल टाँस नभएका, मूल्य सूचि उल्लेख नभएका, उपभोग्य मिति सकिएका खाद्य सामाग्रिहरु बिक्रि बिरण भएको भए त्यसलाइ तत्काल रोकिने समेत नगरप्रमुख ओलीले बताए ।

ब्यवसायिहरुलाइ समेत यस बिषयमा जानकारी गराइसकिएको बताउदै अटेर गरेर उपभोक्ता ठगिएको पाइएमा त्यस्ता ब्यवसायिक फर्महरुमाथि निगरानी र कार्वाही प्रक्रिया अघि बढाइने बताईएको छ ।

नगरपालिका तथा जनप्रतिनिधिहरुले थालेको अभियानमा दमक उद्योग बाणिज्य संघले समेत साथ दिने बताएको छ । संघका द्वितिय उपाध्यक्ष युवराज घिमिरेका अनुसार ब्यवसायिहरुलाइ उपभोक्ता मैत्री ब्यवसाय चलाउन र सरकारले तोकेको मापदण्डलाइ पुरा गर्न आग्रह गरिएको छ ।

स्थानीय सरकारको रुपमा रहेको स्थानीय तहले गरेका अनुमगनलाइ साथ दिने र ब्यवसायिहरुले गल्ति गरेको भए कार्वाही गर्दा आफूहरु त्यस्ता ब्यवसायिको पक्षमा वकालत नगर्ने घिमिरेले प्रतिबद्धता जनाए ।

बजारमा लेवल टाँस नगरिएका खाद्य बस्तुहरु बिक्रि भइरहेको जनाइदै आएको छ । अधिकाँश पसलहरुमा मूल्य सूचिहरु समेत टाँस भएको छैन ।

स्थानीय तहको निर्वाचन घोषणा भएपश्चात झापामा अहिलेसम्म बजार अनुगमन पनि नभएका कारण ब्यवसायिको मनपरी चलिरहेको भन्दै उपभोक्ताहरुले आवाज उठाउन थालेका थिए ।  बजार अनुगमन समितिका संयोजक भीम पौड्यालका अनुसार एकसातासम्म निरन्तर बजार अनुगमन गरिने छ ।

शुक्रबार बजार अनुगमन गर्दा भेटिएका चिसो पेय पदार्थ र बिस्कुट नष्ट गरिएको समेत पौड्यालले बताएकाछन् । आइन्दा फेरी उपभोग्य मिति सकिएको सामाग्रि भेटिए कार्वाही भोग्न तयार रहेको कागज ब्यापारीहरुले गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah