अधिकांश मानिस सबभन्दा राम्रो मानिससँग भेट्न र सबभन्दा राम्रो काम गर्न चाहन्छन् ।  प्रत्येक पुरुष र नारीले आफ्ना लागि आदर्श जीवनसाथीको इच्छा राखेका हुन्छन् । तर वास्तविकता के हो भने संसारमा कोही पनि आदर्श हुँदैन । तपाईंले भगवानसँग बिहे गर्नुभयो भने पनि केही न केही गुनासो गर्नुहुनेछ ।


बिहे गरेपछि आमालाई खुशी गराउने कुरा गर्दा के बुझ्नुपर्छ भने आमाले आफूले जन्माएको सन्तानमा अधिकार खोज्छिन् । उनलाई आफ्नो सन्तान अरूसँग बाँड्न राम्रो लाग्दैन ।

प्रजननका क्रममा र सन्तान जन्माइसकेपछि पनि नारीमा सन्तानप्रति सुरक्षाको भावना प्रबल हुन्छ । त्यसैले गर्दा उनी अर्को नारीप्रति झट्ट विश्वास गरिहाल्न सक्दिनन् ।

अनि बुहारीको कुरा गर्दा उनी बिहेअघिको जिन्दगी पूरै अर्कै घरमा बिताएर आएकी हुन्छिन् । आफूलाई जन्म दिने आमाप्रतिको ममताको छायाँबाट छुट्टिएर उनी श्रीमानको आमाको निरीक्षणमा आइपुग्छिन् । उनलाई केही असहजता त हुन्छ नै र अलिक तीखो वचन प–यो भने ठाकठुकको स्थिति आइहाल्छ ।

सासू बुहारीको सम्बन्धका बारेमा एउटा रोचक कथा पाइन्छ । एकचोटि एउटा परिवारको युवक बिहे गर्ने तरखरमा थियो । उसले आमालाई आफू एक केटीलाई मन पराउने बतायो र केटीलाई घरमा देखाउनका लागि अनुमति माग्यो ।

ऊ आमाको आशीर्वाद लिन चाहन्थ्यो र स्वीकृति पनि । पछि गएर झगडा नहोस् भन्ने उसको उद्देश्य थियो । ऊ आफ्नी आमालाई धेरै मन पराउँथ्यो र उसले एक परीक्षण गर्ने योजना बनायो ।

एकदिन उसले आफ्नी केटी साथीका साथ अरू तीन युवतीलाई पनि घरमा ल्यायो । उनीहरू त्यहाँ डिनर गर्ने योजनामा थिए । आमाले आफ्नो वास्तविक गर्लफ्रेन्ड पत्ता लगाउन सक्लिन् कि भनी ऊ परीक्षण गरिरहेको थियो ।

त्यसैले ऊ सबै केटीहरूसँग बराबर दर्जामा कुरा गरिरहेको थियो । गर्लफ्रेन्डलाई उसले विशेष भाउ दिएको थिएन ।
पछि सबै गएपछि उसले आमालाई सोध्यो, ‘तपाईंले मेरो गर्लफ्रेन्ड चिन्नुभो त ?’

उनले जवाफ दिइन्, ‘मैले थाहा पाएँ । उसले रातो कपडा लगाएकी थिई ।’

त्यसपछि छोरोले भन्यो, ‘तपाईंले कसरी थाहा पाउनुभयो ? मैले त उसलाई हेरेको पनि थिइनँ । तपाईंले थाहा नपाउनुहोस् भनेर म त जतिखेर पनि अरू केटीहरूलाई हेरिरहेको थिएँ ।’

आमाले भनिन्, ‘ऊ भित्र आउनेबित्तिकै मलाई पटक्कै मन परिन । त्यसैले ऊ नै तिम्रो गर्लफ्रेन्ड हो जस्तो मलाई लाग्यो ।’

भारतीय वेबसाइटबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah