म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गएमा बिक्रेतालाई जन्मकैदको सजाय हुने व्यवस्था लागू भएको छ। संसद्ले हालै पारित गरेको मुलुकी ऐनको संहितामा यस्तो व्यवस्था पारित गरिएको हो। मुलुकी ऐनको संहिता प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपतिले प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था लागू हुनेछ।

अस्पताल वा सम्बन्धित निकायले गलत औषधिका कारण बिरामीको ज्यान गएको प्रमाणित गरेमा सजायका लागि सरकारीवादी मुद्दाका रुपमा जिल्ला अदालतमा दर्ता हुनेछ। महान्यायाधिवक्ताको कार्यालयले पीडित पक्षका तर्फबाट मुद्दा लड्नेछ।

म्याद नाघेको औषधिले बिरामीको ज्यान गए पनि औषधि ऐनको व्यवस्था अनुसार दोषीहरु कम सजाय भोगेरै उम्किने भएपछि संसदको विधायन समितिले  मुलुकी फौजदारी संहितामा जन्मकैदको प्रस्ताव गरेको थियो।

नक्कली र म्याद नाघेको औषधिको प्रयोग रोक्न समितिमा सबै सांसदको सहमतीपछि यस्तो सजाय राखिएको समिति सदस्य रेवतीरमण भण्डारीले बताए।

औषधि ऐनको दफा २२ (क) को व्यवस्था संशोधन गरी ‘केही नेपाल ऐन संशोधन’ मार्फत म्याद नाघेका औषधि बेच्नेलाई ज्यान मारे सरह अधिकतम २५ वर्ष कैदको व्यवस्था गरिएको हो। नयाँ मुलुकी ऐनको मस्यौदामा १० वर्षसम्मको कैद सजायलाई जन्मकैद मानिएको छ।

नयाँ मुलुकी ऐन बन्ने क्रममा यससँग बाझिने ४० कानुन संशोधन र २० वटा खारेज गर्ने क्रममा औषधि ऐन पनि संशोधन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah