नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा झापाली बिद्यार्थी नेता रञ्जित तामाङ निर्वाचित भएकाछन् । झापामा भूमिगत राजनीति गरेका उनि उक्त संगठनको पहिलो निर्वाचित अध्यक्ष बनेका हुन् ।
आज बिहान सम्पन्न मतगणनामा तामाङ प्रतिस्पर्धी अनिल शर्मालाई पछि पार्दै निर्वाचित भएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो ।
यसैगरी खुला उपाध्यक्षमा झापा दमकका सुरेन्द्र बस्नेतले सबैभन्दा बढि मत ल्याएर जितेकाछन् । यसैगरि उपाध्यक्षमा तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भएकाछन् ।
महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित भएको बताइएको छ ।



