काठमाडौँ, १७ भदौ । नेपाल आइडलले झुक्काएपछि दर्शकहरुले चर्को आलोचना गरेका छन् ।

नेपाल आइडलको ‘टप फोर’मा निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दास छन् । चार जना प्रतिस्पर्धीमध्ये शुक्रबारको शोबाट एक जना बाहिरिनुपर्ने थियो । तर, जजहरुको निर्णयमा ‘नो एलिमिनेशन’ घोषणा गरिएपछि दर्शकहरु नमज्जासँग झुक्किए । सामाजिक सञ्जालमा अहिले नेपाल आइडलको चर्को विरोध र आलोचना भइरहेको छ ।

कस्ले के भने ? (जस्ताको तस्तै)

रामेश्वर बोहोरा

तराइका बाढी डुबान–पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा तीनसातामा देशभरबाट रु.१३ लाख जम्मा भएछ । नेपाल आइडलमा एक सातामै ३७ लाख एसएमएस !! #मेरो_देश

कृष्ण कार्की

गरिब र बिदेशमा रोजगारी गनेंहरू डुबाउने खेलको नाम हो नेपाल अाईडल ! अाईडल एकजना हुने हो । तर अाफुलाई मन परेकालाई भोट हाले भैगो नि । किन चन्दा र सहयोग उठाई उठाई भोट हाल्नु ? जसका लागि मागेको रकम त्यही प्रतियोगीलाई दिए उ करोडपति हुन्थ्यो होला । तर त्यो रकम कहाँ र कसको अाम्दानी बढ्दैछ अध्ययन गनुंस है ? # नेपाल अाईडल : करोडौं लुट ।

टेकु सारु मगर

सरासर गलत काम गरे यी जजहरु त्यतिकै बिबादमा आलोचित भाको होईन रहेछ। जनतालाई झुक्याउने र खोक्रो बनाउने काम मात्रै हो । त्यत्रो जनताले भोत गरेर आको रिजल्त नपुगेर याहा पैशा कमाउने बातो र धाँदलि गर्ने खेल हो यो । सबैले बिरोध गर्नु पर्छ ।

बद्रीमान जोशी

जो आउट भएको थियो उस्लाइ आउट गर्नु थिएन तेसैले यो नाट्क रचेको हो जनता को लाखौ पैसा लुटेको पहिले नै फाइनल मा ४ जना भनिदिए भै हाल्थ्यो नि।

बराल सूर्यमणि

`लक्ष्मण पौडेलको अर्को लुट काण्ड´ का रुपमा इतिहासमा यसको चर्चा हुनेछ यो काण्ड लाई कसैले भुल्ने छैनन् लाखौं आशालाइ निरासामा परिणत गर्नेहरु घृणित हुन् ,भन्ने हाम्रो बुझाइ हो ।

हरिगोविन्द रञ्जितकार

जजहरुले दर्सकहरुलाइ धोका दियो । मिडिया मा विभिन्न प्रकारले धम्की आयको कारण जजहरुले निर्णय दिन दरायका हुन ।

जगदिश श्रेष्ठ निसाज श्रेष्ठ

नेपाल अाईडल को निर्णय लाई अन्यथा नलिनु होला। ठिकै हो पैसा पनि कमिने भोट पनि बढने । यस्तो प्रतिस्पर्धि कार्यक्रम मा एकदुई पटक यस्तो गर्नु राम्रो हो र गर्नु पनि पर्छ किन कि दर्सकलाई पनि सरप्राईज दिनु पर्छ नि त ।

रामप्रसाद बस्याल

“नेपाल आइडल”लुटको बाटोमा लम्किदै NTC अनि Ncell बाट आउने कमिसनबाट कतार सयर गर्ने मेलो !!! ठगी ब्यापार गरेर कमाउने मेलो रहेछ यो त! #NepalIdol

विनोद डांगी

निश्चल बस्नेतले लुटको मास्टर प्लान नेपाल आइडल सामु सेयर गरेको जस्तो छ आज 😂😂 #Nepalidol

मेरो नेपाल

बाढि पीडितलाई सहयोग गर्दा: कमाई आठ लाख ।
आम्दानी आफ्नै खातामा राख्दा: कमाइ दुई करोड ।
वा रे वा नेपाल आइडल। #nepalidol

बिनु राई

नेपाल आइडल रिअलिटी सो हो कि सर्कस देखाउने ठाउँ हो… प्रतिभा देखाउने प्लेटफर्म हैन पैसा उठाउने प्लेटफर्म पो रहेछ… कतार जाने पैसा पुगेन जस्तो छ है?अब यो,उ नभनेर सबैले भोट बहिस्कार गरौं के…. #Nepalidol

सुजन पण्डित

भरतपुर १९ दोहोरियो । पैसा लुट्ने दाउ । अब जस्ले लगानी गर्न सक्छ उस्ले किन्छ नेपाल आइडल को तक्मा । #NepalIdol

मिना निरौला

३७ लाख भोट । अर्थात एक दिनमा २ करोड २२ लाख रुपैयाँको व्यापार ।
खुलमखुला #कालोव्यापार 😈😈 किन चुप होलान?? चुप नरहनुपर्ने राज्यका निकाय??

ध्रुव श्रेष्ठ

नेपाल आइडलको भोटीङ सिस्टम बहिष्कार गरौं
टप थ्रिका लागि भएको भोटीङमा ३७ लाख भोट खसेछ । एमएमएसकै कुरा गर्ने हो भने पनि प्रति एमएमएस पाँच रुपैयाँका दरले १ करोड ८५ लाख रुपैयाँ दर्शकले आइडलका नाममा समर्पित गरेछन् ।
लोभ कस्तो भने, आज कसैलाई पनि एलीमनेट गरिएन । भन्नाले अर्को पटक पनि दर्शकले टप थ्रिका लागि भोट गर्नुपर्ने भो । भन्नाले फेरी अर्को ३७ लाख भन्दा बढी भोट । उत्तिकै पैसा पोल्टामा । यो पैसा कहाँ जान्छ ? के यसरी व्यापार गर्न पाइन्छ ? यसरी जुवा खेल्न पाइन्छ ? गृहमन्त्रालय के हेरीरहेको छ ? अख्तीयार के हेरीरहेको छ ?
दर्शक हो, अब बुझीयो नै हैन, जादु देखाएर सिलाजीत बेच्ने चटकेहरुको दाउ ?
यो उपभोक्ताबादी समाजमा छट्टुहरुले यसैगरी भिडलाई वेवकुफ बनाइरहेका छन् । कहिले नेताले जनतालाई भेडा बनाएका छन्, कहिले टिभीवालाहरुले । यतिका पैसा बरु बाढी पीडितहरुलाई सहयोग गरेको भय सायद आज कोहि नेपालीहरु भोकभोकै मर्नु पर्दैन्थ्यो होला।
म चाँही अबको आइडलको भोटीङ बहिस्कार गर्नेछु ।
किनकी, यो सरासर धाँधली हो, कसले कति भोट पायो भन्ने लिक भइसकेको छ र अब कम भोट आउनेले बढी भोटका लागि झन धेरै पैसाको चलखेल गर्नसक्छ र कमसल प्रतिभालाई जिताउने खेल हुनसक्छ ।
सरकारले तत्काल यो एसएमएस भोटीङ सिस्टममाथि रोक लगाओस् । र अपारदर्शी आइडलमाथि छानविन गरोस् ।

टेकेन्द्र शाह

प्रशान्त तमाङलाई जिताएर तिमीले के पायौ ? टेरिया मगरलाई जिताएर के पायौ र अहिले नेपाल idol बनाएर तिमीले के पाउछौ ? प्रशान्त तमाङलाई हामीले पनि भोट गरेका थियौ पछि चितवनको मेरो एकजना मित्र जो (event manager) हुन् उनले एउटा कार्यक्रममा बोलाउदा १० लाख ic माग्यो । फोकटमा पैसा खेर नफाल बरु बाडिपीडितलाई सहयोग गर…
मेरो निजि बिचार…
दैनिक नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah