चर्चित कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस नेतृत्वको धुर्मुस सुन्तली फाउण्डेशनले पीडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । बाढीका कारण पीडितहरुको अवस्था एकदमै पिडादायि रहेको, पालमुनी बस्नुपर्ने अवस्था रहेको र यसबाट अरु कुनै पनि मानविय क्षति नहोस भन्नका लागि फाउण्डेशनले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको हो ।

आफुनै खटेर तराईका १२ जिल्लाका २३ स्थानमा झण्डै ६५ लाख बरावरको राहत सामाग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामाग्री वितरण गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पीडितहरुको अवस्थालाई देखेर आफुहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् ।

‘उहाँहरु अझै पनि पालमुनी बसिरहनुपरेको अवस्था छ र उहाँहरुका लागि यतिबेला बासस्थानको आवश्यकता छ’ धुर्मुसले भावुक हुँदै भने ‘फेरि अर्को मानबिक क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमुना बस्तीको आवश्यकता महसुस भएको हो ।’

बाढीका कारण पीडित बनेका तराईबासीहरुको अति आवश्यक कुराहरु समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले उनीहरुका लागि राहत मात्र भन्दा पनि एउटा बासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पीडितहरुका लागि आएको सहयोग रकमले उक्त नमुना बस्ती निर्माण गर्ने जानकारी दिईन् । एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाएपनि कहाँ र कति लागतमा बनाउँने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उनको भनाई छ ।

राहत वितरणमा ब्यस्त रहेका फाउण्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताए अनुसार बस्ती पिडितहरु बढी भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिनेछ । तर अझै पनि आफुहरु स्थल छनोटमा रहेको र बस्तीमा बन्ने घरहरुको प्रकृती र त्यसको खाका तयार गरेपछि मात्र अन्य कुराहरु सार्बजनिक गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ ।

बाढी पीडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माणसँगै केही समयअघि मात्रै ५ अर्वको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमुना नेपालको काम पनि निरन्तर अगाडी बढिरहने फाउण्डेशनले बताएको छ । फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त बस्ती पनि अन्य बस्ती जस्तै बाल मैत्री, अपाङ्ग मैत्री र भुकम्प प्रतिरोधी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah