
प्याप्सन झापाको क्षेत्रिय कोअर्डिनेटरमा जनार्दन मैनालीले आफ्नो प्रमुख दाबेदारी प्रस्तुत गरेकाछन् । झापा क्षेत्र नं. ७ का साहयक कोअर्डिनेटरको भूमिकामा रहेका मैनालीले क्षेत्रका बिद्यालयहरुसंग छलफल गरेरे आफ्नो उम्मेदवारीलाई अघि ल्याएको बताएकाछन् ।
सनराइज मोडल स्कूल दमक २ का संस्थापक प्रीन्सिपल मैनाली करिब डेढ दशक अघिदेखि संस्थागत बिद्यालयमा आबद्धछन् । कसैको लहडमा र कोअर्डिनेटर बन्ने लाल्चा बोकेर भन्दा पनि क्षेत्रिय समितिलाई चलयमान बनाउदै सबैको भावाना अनुसार काम गर्ने अठोटका साथ आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
सह कोअर्डिनेटरको रुपमा रहेर काम गर्दाको अनुभव र आफ्नो सक्रियाताको कारण कोअर्डिनेटरमा आफ्नो उम्मेदवारी रहेको भन्दै सर्वसम्मत रुपमा क्षेत्रिय नेतृत्व चयन हुनेमा आफू आशाबादी रहेको उनको भनाइ रहेको छ । आफूभन्दा सिनियरहरुलाई सम्मान पूर्वक स्थान दिइने र नयाँ तथा साना बिद्यालयहरुलाई समान दृष्टिले हेर्ने बानीको बिकास गराउन पनि आफू लागि पर्ने उनि बताउछन् ।
आफ्ना योजना र कार्यक्रमहरु सहित बिद्यालयहरुसंग छलफल गरेर अघि बढ्ने जनाउदै एकले अर्काको खुट्टा तान्ने, एकले अर्काको बिद्यालयलाई अप्ठेरो पार्ने जस्ता कार्यहरुलाइ निरुत्साहित गर्ने आपसि छलफललाइ बाक्लो रुपमा राख्ने, आर्थिक पारदर्शिता र क्यालेण्डर सहितको कार्यक्रम तालिका अनुसार अघि बढ्ने आफ्नो सोच रहेकाले सबैको बिश्वास आफूमा रहेको उनले बताए । उनले आफूलाई गरिएको बिश्वासप्रति कहिल्यै पनि बिश्वासघात नगर्ने पनि जनाए ।



