बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा एक होटलबाट जुवाडेहरु पक्राउ परेसंगै यस बिषयमा फेरी बहस शुरु भएको छ । दमकमा केहि होटलहरुले पेसेवर रुपमा नै जुवा तथा तास खेलाउने गरेको बताईएको छ ।
होटल ब्यवसायि संघका एक सदस्य यसलाइ स्वीकार गर्दै आफूहरुले बारम्बार रुपमा यस्तो कार्य नगर्न सुझाव दिएको बताउछन् । उनका अनुसार होटलमा ग्राहकभन्दा पनि तास खेल्न आउने ब्याक्तिको पर्खाइमा होटल साहु बस्ने गरेको पनि पाईएको छ ।
प्रहरीले पनि कूनकून होटल र कहाँकहाँ जुवा तास हुन्छ भन्ने हेक्का र सूचना रहेको भएपनि उसले बेवास्था गर्दै आएको छ । प्रहरीका एक अधिकृतका अनुसार सूचनाहरु आउने गरेको बिषय सत्य हो ।
दमकका प्रतिष्ठित ब्याक्ति तथा ब्यापारीहरु नै तासा र जुवामा बस्ने गरेकाले पनि संरक्षित रुपमा होटलहरुमा यस्तो कार्य हुने गरेको बताइन्छ । कतिपय त तास र जुवामा हारेर बिचल्लि भएका पनि ब्यापारीहरुमाझ चर्चा शुरु भएको छ ।
दमकका भिआइपीहरुको घरमा तासजुवा चल्ने गरेको ब्यापक चर्चा भएसंगै केहि कमी भएसंगै होटलहरुमा जुवातास मौलाउदै गएको बताइन्छ । दमकका एकदर्जनभन्दा बढि होटलहरु यस्तो धन्दामा रहेको जनाईएको छ ।
होटल ब्यवसायि संघका क्षेत्रिय अध्यक्ष राजन दंगालका अनुसार होटलहरुमा त्यस्तो पाइए कार्वाही गर्नु पर्ने बताउदै आफूहरुले संरक्षण नदिने बताए ।
उनले केहि त्यस्ताकेहि कुनियत बोकेका होटलहरुले आफूहरुलाइ बद्नाम गराउने बताउदै यसमा निगरानी गर्नका लागि प्रहरीसंग माग पनि गरे ।



