हेटौडा, भदौ | ७ वर्षअघि पहिलोचोटि नेपाल घुम्न आएकी बर्का । कस्लाई के थाहा नेपालकै सेवा मा जिन्दगी बेतित गर्छिन भन्ने कुरा ।
सोसल वर्क विषयमा ब्याचलरको पढाइ सकेर १९ वर्षको उमेरमा छुट्टी मनाउन उनी नेपाल आएकी थिइन् । यस क्रममा एक महिना हेटौंडामा बिताइन् त्यही एक महिनाको बसाई नै उनको जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट सावित भयो । जब उनी आफ्नो देश फर्किइन्, उनको दिमागले ‘बोल्ड डिसिजन’ लिइसकेको थियो ।
घर पुगेपछि उनले आफ्ना बुवा-आमालाई भनिन्, ‘म अब नेपालमै बस्छु । त्यहाँ मेरो आवश्यकता छ आफ्नी एक मात्र सन्तानले यस्तो कुरा गर्दा बाबुआमा स्तब्ध भएका थिए । तर, उनीहरुले छोरीलाई रोक्न सक्ने अवस्था थिएन । किनकि उनीहरुलाई थाहा थियो, छोरीको हठी स्वभाव । उनले जब कुनै निर्णय लिन्छिन्, त्यसबाट कदापी पछि हट्दिनन् ।‘मेरा बुवाआमाले मलाई राम्ररी बुझ्नुभएको छ,’ बार्का भन्छिन्, ‘म आफूलाई मनमा लागेको काम कुनै पनि हालतमा गरिछाड्छु भन्ने उहाँहरुलाई थाहा छ ।’अन्ततः एक वर्षपछि बुवाआमासँग विदा भएर उनी सँधैका लागि नेपाल फर्किइन् ।
नेपालमा केले तान्यो ? बाकी भिडियोमा हेर्नुहोला !



