उर्लाबारीमा बिहानैदेखि निशानका आफन्त, शुभच्छुक र समर्थकहरुमा खुसियाली रहेको थियो । केहि महिना अघि एउटा सामान्य ब्यक्तिको रुपमा काठमण्डौ गएको मान्छे आफ्नो घरगाँउ फर्कदा नेपालको चर्चित सेलिब्रेटी भएर फर्कदै थियो ।
बिराटनगर एयरपोर्ट हुदै बिभिन्न शहर बजारका कार्यक्रमहरुमा शुभेच्छुकलाइ भेट्दै निशान जब उर्लाबारी आइपुगे भिड थेगिनसक्ुनको अवस्था बन्यो ।
जब निशानले आफ्ना घरपरिवारका मान्छे देखे र घरपरिवाकारका सदस्यहरुले निशानलाइ भेटे उनिहरुको आँखा रसाए । निशानको परिवार आँशु झार्दै भक्कानिए । खुसिका आँशु झारिरहेका थिए । निशानको मन कहाँ थामिन्थ्यो र उनि पनि भावुक भए ।



