आलोक नेपाली

प्रधानमन्त्री शेरबहादुर देउवाको हठको शिकार नभएको भए नवराज सिलवाल अहिले नेपाल प्रहरीको कमाण्ड गरिरहेका हुन्थे । नेपाल प्रहरीभित्र बौद्धिक र क्षमतावान् अधिकृतको परिचय बनाएर कार्यक्षमतामा सबैभन्दा बढी अंक ल्याए पनि उनी राजनीतिक हस्तक्षेपको शिकार भए । न्यायका लागि अदालत गएपनि उनको पक्षमा अन्तिम फैसला आएन । न्यायालयको सम्मान गरिनुपर्छ तर न्यायालयले न्याय दिन्छ भन्ने विश्वासलाई यो घटनाले गलत सावित गरिदियो ।

सिलवालको घटना कानुनका जानकारका लागि गहिरो अनुसन्धानको विषय हुनसक्छ । लियो टल्सटयको इश्वरले सत्य देख्छन् तर पर्खनुपर्छ कथाले न्यायालयबाट अन्यायपूर्ण फैसलाको शिकार भएको पात्रको हृदयविदारक घटना उल्लेख छ । निर्दोष भइकन दोषी ठहरिएको पात्रले अन्तिम स्वास जाँदा मात्र दोषीबाट आफू निर्दोष हुनुको प्रमाण पायो । अदालतबाट होइन । नवराज सिलवालको हकमा पनि त्यही हुनसक्छ । सिवलालमाथि अन्याय गरेकोमा अन्याय गर्ने शेरबहादुर देउवाले नै पछुताउनुपर्ने दिन आउन सक्छ । बलवान् समयले त्यो दिन नल्याऊला भन्न सकिन्न । मूलधारमा यो लेख लेखिएको छ ।

देउवाको हठ
शेरबहादुर देउवाले कुनैपनि हालतमा नवराज सिलवाललाई आइजीपी बन्न नदिने कसम खाइसकेका थिए । सिलवाल उनीसँग भेट्दा देउवाले असजिला प्रश्नहरू सोध्ने गरेका थिए । नेपाली काँग्रेसलाई चुनावमा जिताउने योजना उनीसँग मागेका थिए । सिलवाललाई आइजीपी नबनाउने बखेडा अनुसार उनले यसो भनेका थिए । देउवा आइजीपी प्रकरण हुँदै महाभियोग प्रकरणको झमेलामा फस्दै आफ्ना अपराधका कारण फसे । घटनाक्रमले सबै प्रकरणको अन्त त भयो तर त्यसले देउवाको राजनीतिक जीवनमा धक्का लाग्ने माहोल सृजना ग¥यो ।

देशका एक जना बुद्धिजीवीले पनि देउवाको यो अपराधलाई ठिक हो भनेनन् । देउवा प्रचण्डको सहयोगमा प्रधानमन्त्री त भए तर उनले बनाउन चाहेको व्यक्ति आइजीपी बनाउन असफल भए । जयबहादुर चन्दलाई बनाउन नसकेपछि प्रकाश अर्याल आइजीपी बने । सत्ता र शक्तिको व्यापक दुरुपयोग गरेपनि स्थानीय निकायको चुनावमा धक्का खाए । देउवाको गृहजिल्ला डडेधलुरा र सुदरपश्चिममा समेत नेपाली काँग्रेस पछि प¥यो । दोष कर्ण मल्ललाई दिएर देउवा उम्कन सक्नेछैनन् । दोष उनले चालेका अलोकप्रीय कदमहरू हो । देउवाले जुन उद्देश्यले नवराज सिलवाललाई रोकेका थिए, त्यस विपरितका परिणाम नै कांग्रेसको पराजय हो ।

प्रदेश नम्बर दुई अन्र्तगत आठ जिल्लाको स्थानीय निकायको चुनावलाई देउवाले प्रतिष्ठाको विषय बनाएका छन् । कुनै हालतमा चुनाव जित्ने गरी साम, दाम, दण्ड भेदको नीति अँगालेका छन् । तर, आठ जिल्लामा खटिएका कर्मचारी र सुरक्षा निकायले देउवालाई झस्काउने रिपोर्ट पठाएको बुझिएको छ । काँग्रेसको आधार क्षेत्र मानिएको तराईमा समेत पछि परेको सूचना आएको छ । कतिपयले सत्यतथ्य खबरहरू देउवाको कानसम्म पु¥याउने साहस सम्म गरेका छैनन् । देउवा निकट विमलेन्द्र निधिको गृहजिल्ला धनुषामा समेत काँग्रेस कमजोर देखिएको छ ।

वीरगञ्ज महानगरपालिकामा देउवा निकट अजय द्विवेदी कमजोर छन् । यो यथार्थलाई स्वीकार्ने हो भने देउवाले संसद र प्रदेशको चुनावमा समेत झड्का खाने परिणाम आउँदैछ । चुनावमा नेपाली काँग्रेसको हारको जिम्मेवार देउवाले लिने छन् छैनन् प्रतिक्षाको विषय हुनेछ । विगतमा सुशील कोइरालालाई निर्णय क्षमता नभएको आरोप लगाउने काँग्रेसका नेताहरू अहिले देउवाभन्दा सुशील सयौं गुणा क्षमतावान् थिए भन्दै हिंडेका छन् । सुशीलले काँग्रेसलाई संसदीय चुनावमा पहिलो स्थान दिलाउन सकेका थिए । राष्ट्रियताका सवालमा अडान लिएका थिए । नाकाबन्दीको सामना गर्न राष्ट्रभित्र एकता बलियो बनाउन भूमिका खेलेका थिए । तर, देउवाले प्रधानमन्त्रीको कुर्सीका लागि नैतिकता बिर्सेर लोकतान्त्रिक मूल्य मान्यतालाई महाकाली नदीमा बगाइदिएका छन् । उनको सय दिनको अर्थात सत्तामा रहँदाको हनिमुन अवधि बेथिती, भ्रष्टाचार, अराजकता र बदनामीले भरिएको छ । नेपाली काँग्रेसका कार्यकर्तालाई आफ्ना सभापति शेरबहादुर देउवा हुन् भन्दा लाज लाग्ने अवस्था बनेको छ । उनका कर्तुतहरूको असन्तुष्टिबाट पहाड नै बन्दै गएको छ । त्यो पहाडको टापुमा उनले नवराज सिलवाललाई पु¥याइदिए ।

नवराजको राजनीतिमा उदय !
प्रहरी सेवामा रहेका नवराज सिलवाल सामान्य अवस्था भइदिएको भए नेपालका अन्य प्रहरी अधिकृतहरू जस्तै जागिरे जीवनबाट अवकाश पाई घर बस्थे । तर, उनका पछाडि चारपटक देशको प्रधानमन्त्री भइसकेका व्यक्ति हात धोएर लागे । संसदमा प्रतिनिधित्वका दृष्टिले देशको सबैभन्दा ठूलो र लामो इतिहास बोकेको दलका सभापति लागेका थिए । अदालतको आदेशलाई समेत चुनौती दिदै देउवा नवराजलाई कुनै हालतमा रोक्न लागे ।

शेरबहादुर भर्सेर नवराजको अवस्था बन्यो । देशभित्रको प्रतिद्वन्द्वीसँग मात्र नभई विदेशका राजनीतिक हस्तीहरूसँग आवश्यक पर्दा जुध्नुपर्ने अवस्थामा शेरबहादुर एउटा प्रहरी अधिकृतको पछि लागे । सत्ता र शक्तिका लागि महाकालीको पुल तर्दै गोप्य मन्त्रणमा पुग्ने उनी नवराजको पछि लाग्नुको रहस्यका पर्दाहरू अझै खोलिएका छैनन् । इतिहासले रहस्य खोल्ला । देउवाले आफ्नो हैसियत बिर्सेर जे जस्ता गतिविधि गरे त्यसले उनी हल्का सावित भए ।

आफू अलोकप्रीय भएपनि उनका चाकडीवाजहरूले सामाजिक सञ्जालमा योजनावद्ध तरिकाले फैलाइएको अफवाह भनेर गुमराहमा राखे । तर, उनको अलोकप्रीयता चुनावी परिणामले देखाउँदै लगेको छ । आफू सत्तामा रहँदा शक्तिको दुरूपयोग गर्दा पनि आफ्नै गृहक्षेत्रमा नराम्रो हार व्यहार्नुप¥यो ।

नवराजको पछि लाग्दा साख गुमाउने सम्मको अवस्था बन्दा काँग्रेस इतिहासमै कमजोर अवस्थामा पुग्यो । प्रधानमन्त्रीको कुर्सीमा काँग्रेस सभापति पुग्दैमा काँग्रेस बलियो छैन भन्ने भविष्यले देखाउँदै जानेछ । बरू काँग्रेस सभापतिका नकारात्मक क्रियाकलापले एउटा प्रहरी अधिकृतलाई लोकप्रीय र बलियो बनाउन भूमिका खेल्यो । हरेक क्रियाको प्रतिक्रिया बराबर र विपरित दिशातर्फ हुन्छ भन्ने न्युटनको सिद्धान्त यहाँ पनि लागू हुन्छ । देउवाले जति नवराजलाई सिध्याउन मरिमेटेर लागेर उति नै नवराजले लोकप्रीयता बटुल्दै ऊर्जाशील बन्दै गए ।

नवराजमाथिको अन्यायलाई सिंगो देश र अन्तर्राष्ट्रिय जगत्ले नियालिरहेको थियो । नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मात्र यसबारे पटक पटक बोलिरहे । देउवालाई गाउँको मान्छे आइजीपी बनाउन खोज्ने क्षेत्रीयतावादी र संकीर्ण व्यक्तिको संज्ञा दिए । गाउँमा गएर स्थानीय तहको चुनावमा उम्मेदवार बन्न समेत सुझाव दिए । यो नवराजप्रतिको समर्थन भन्दा पनि देउवाको अन्यायविरुद्ध ओलीको बोली थियो ।

अदालतको निर्णयपछि भावुक बन्दै विज्ञप्तिमार्फत् आफू प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका सिलवाललाई ओलीले एमालेमा आएर चुनाव लड्न सुझाव समेत दिएको समाचार आयो । ओलीले सार्वजनिक रुपमै नवराज सिलवाललाई गृहमन्त्रीको पदमा पुग्ने गरी तयार हुन समेत आग्रह गरे ।

ओलीको बोलीले नेपाली राजनीतिमा अर्को तरङ्ग आएको छ । बोलेको पूरा गरिछाड्ने अडान भएका नेताका रूपमा ओली चिनिन्छन् । उनले नाकाबन्दीका बखत राजनीतिलाई दाउमा राखेर छिमेकी र उग्रवादी क्षेत्रीयतावादीहरूको सामना गरेका थिए । बोलेको गरिछाड्ने ओलीले नवराजलाई राजनीतिमा लाग्न प्रेरित गर्ने प्रस्ताव सार्वजनिक रूपमा गरेपछि नवराजप्रतिको समर्थनको स्वरलाई आफ्नो हितमा ढाल्न खोजेको रूपमा लिन सकिन्छ ।

नवराजलाई विरोधीले एमाले निकट भनी देउवालाई भेटी भेटी चुकुल हाल्ने प्रहरीका उच्च अधिकारी देखि केही काँग्रेस नेता कार्यकर्ता समेत थिए । प्रहरी सेवामा लागेका व्यक्तिलाई यो या त्यो पार्टी र उक्त पार्टीको नेता विशेषको मान्छे भनी आरोप लगाउने प्रचलन पुरानै हो । विना प्रमाण निराधार आरोप लगाएर नवराजलाई एमाले बनाउन खोज्दा उनी साँच्चैको एमाले भए । क्षमतावान् र राम्रा विरोधीलाई समेत आफ्नो बनाउन भूमिका खेल्नुपर्नेमा धकेलेर विरोधीको पोल्टामा पु¥याउने कार्य देउवाले गरे । उनका राजनीतिक गुरूहरू वीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला क्षमतावान् छन् भने भिन्न विचारधाराका भएपनि नजिक बनाउँथे ।

उनीहरूको प्रशंशा विपक्षीले समेत गर्ने कारण यही हो । त्यसैले उनीहरूले राजनीतिक उचाई बनाए । तर, नजिक हुन खोज्ने क्षमतावन् र राम्रालाई लखेटी लखेटी विपक्षीकोमा पु¥याए देउवाले । अब नवराज सिलवाल राजनीतिमा लागेर सफल भएमा देउवालाई विशेष जस जान्छ । राजनीति सम्भावनाको खेल हो । ओलीले उद्घोष गरेजस्तै नवराजले चुनाव लडेर गृहमन्त्री बनेमा धन्यवादको पात्र देउवा बन्नेछन् ।

देउवाले लखेट्दा नवराजको लोकप्रीयता बढ्यो । शक्तिकेन्द्रको अन्यायमा पर्दा नवराजलाई जनताको न्याय मिल्ने वातावरण मिलिरहेको छ । इश्वरले सत्य देख्छन् तर पर्खनुपर्छ । न्यायको तराजु अदालतमा भन्दा जनमनमा हुन्छ । नवराज सिलवाल राजनीतिमा लागेमा उनीमाथिको अन्यायको जवाफ जनताले मतदानबाट गर्न सक्छन् । मानिस होस् या भगवान् समय सबैभन्दा बलवान् १ समयले सबै देखाउँदै जाला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah