
प्रदेश २ को चुनावमा एक मात्र महानगर वीरगंजका ३२ मध्ये १८ वटा वडाको नतिजा शुक्रबार रातिसम्म आइसकेको छ। परिणाम आइसकेका वडाहरु १,२,३,४,६,७,८,९,१०,२४,२५,२६,२७,२८,२९,३०,३१,३२ हुन्।
वडा नं ३० मा एमालेले वडाअध्यक्षमा जित हासिल गरेको छ भने २,२८,२९ संघीय समाजवादी फोरम नेपालको पोल्टामा गएको छ। १ र ४ वडामा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ। ३,५,३२ मा राजपाले अध्यक्ष जितेको छ।
२८ हजार १९३ मत गणना हुँदा वीरगञ्ज महानगरपालिकाको पछिल्लोे मतपरिणाम यस्तो छ-
नेपाली काँग्रेस अजय द्विवेदी ५८२० शान्ति कार्की ६७२७
फोरम नेपाल विजय सरावगी ५४१८ पिङ्की यादव ५३६२
राजपा राजेशमान सिंह ४६०७ रम्भा मिश्र ३९०७
माओवादी रहबर अन्सारी ३०१३ दुर्गा क्षेत्री २०५१
एमाले बसरुद्धिन अन्सारी २६४२ सोफिया आचार्य ३२३७
लोकतान्त्रिक फोरम विमल श्रीवास्तव १८६७ रिङ्कु देवी १४२६



