काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई जनताले अधिक मन पराउन थालेपछि कांग्रेस डराएको आरोप लगाएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित आसन्न निर्वाचन केन्द्रीत अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेसँग विचार, नीति, संगठन र जनताको विश्वास भएकोले कांग्रेसको आतिएको आरोप लगाए । उनले अबको चुनावमा कम्युनिष्टहरुकै जित हुन्छ भनेर प्रतिक्रियावादीहरु पनि एक हुन थालेको बताउँदै उनीहरुको एकताले वामपन्थी एकतामा कुनै असर नपर्ने स्पष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गरी पहिलो पार्टी समेत बन्ने दाबी गरे । उनले अबको दुई महिनापछि एमालेसँग संघीय र प्रादेशिक दुवै सरकार हुने समेत स्पष्ट पारे ।

कार्यक्रममा एमालेका बरिष्ठ नेता माधवकुमार  नेपालले सरकारका पछिल्ला गतिविधिबारे सतर्क रहनुपर्नेमा जोड दिए । संविधान कार्यान्वयनप्रति कांग्रेस गम्भीर नभएको बताउँदै उसकै नेतृत्वको सरकारले निर्वाचन नगर्ने आशंका बढिरहेको बताए । कार्यक्रममा कांग्रेस नेता माधव पन्त लगायतका नेताहरु एमालेमा प्रवेश गरेका थिए । छलफलमा खबर रहेको छ।

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई जनताले अधिक मन पराउन थालेपछि कांग्रेस डराएको आरोप लगाएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित आसन्न निर्वाचन केन्द्रीत अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेसँग विचार, नीति, संगठन र जनताको विश्वास भएकोले कांग्रेसको आतिएको आरोप लगाए । उनले अबको चुनावमा कम्युनिष्टहरुकै जित हुन्छ भनेर प्रतिक्रियावादीहरु पनि एक हुन थालेको बताउँदै उनीहरुको एकताले वामपन्थी एकतामा कुनै असर नपर्ने स्पष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गरी पहिलो पार्टी समेत बन्ने दाबी गरे । उनले अबको दुई महिनापछि एमालेसँग संघीय र प्रादेशिक दुवै सरकार हुने समेत स्पष्ट पारे ।

कार्यक्रममा एमालेका बरिष्ठ नेता माधवकुमार  नेपालले सरकारका पछिल्ला गतिविधिबारे सतर्क रहनुपर्नेमा जोड दिए । संविधान कार्यान्वयनप्रति कांग्रेस गम्भीर नभएको बताउँदै उसकै नेतृत्वको सरकारले निर्वाचन नगर्ने आशंका बढिरहेको बताए । कार्यक्रममा कांग्रेस नेता माधव पन्त लगायतका नेताहरु एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah