२०१५ सालको पहिलो आम निर्वाचनमा गणेशमान सिंह क्षेत्र नं १ काठमाडौंबाट उम्मेदवार बनेका थिए । राणा शासनका विरुद्ध ज्यानको बाजी लगाएर लामो संघर्ष गरेका सिंह २००७ सालपछि पटक–पटक मन्त्री पनि भइसकेका थिए।

कांग्रेसका प्रभावशाली नेता अनि काठमाडौंका स्थानीय भएकोले काठमाडैंमा उनको सहज जित अनुमान गरिएको थियो। शुरुमा उनले काठमाडौं बाहेक देशका अन्य भागमा पनि कांग्रेसका पक्षमा चुनाव प्रचारमा जाने योजना बनाएका थिए।

तर सिंह आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर निस्किन सकेनन्। सिंहका बलिया प्रतिस्पर्धी थिए – कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ। उनका दाजु गंगालाल श्रेष्ठ राणाकालका शहिद थिए। त्यसको सहानुभुतिले पनि पु्ष्पलाल बलिया प्रतिसपर्धी थिए । जनतामा राणाबिरोधी भावना थियो । पुष्पलाल नेवारी र नेपाली दुवै भाषामा भाषण गर्थे । उनको भाषण गर्ने कला पनि निकै आकर्षण थियो।

गणेशमानको क्षेत्रमा अर्का प्रतिसपर्धी थिए — पूर्वप्रधानमन्त्री के आई सिंह।

कांग्रेस र कम्युनिष्टका बिचमा अहिले जस्तो आरोप थिएन, तर प्रशस्त सैद्धान्तिक बहस हुन्थ्यो।

गणेशमान सैद्धान्तिक रुपमा अडान भएका नेता थिए, तर राम्रो भाषण गर्ने, बहस गर्ने खुवी उनमा थिएन। उनी धेरै हासीमजाक गर्थे । कम्युनिस्ट आयो भने दाल भात तरकारी सबै सरकारी हुन्छ भनेर समेत भाषण गर्थे ।

पुष्पलालसँग चर्को प्रतिस्पर्धा भएपनि उनको प्रचार शैलीले गणेशमान झस्कीन्थे। गलामा माला लगाएर काठमाडौंका चोक गल्लीमा पुग्दा पुष्पलाल जित्यो–जित्यो गणेशमानले हार्यो, हार्यो भन्ने नारा लाग्ने गर्थ्यो।

त्यसैले पुष्पलालको आक्रमक चुनावी अभियानले गणेशमानलाई रक्षात्मक बनाएको थियो ।

उम्मेदवारी दर्ता गर्ने क्रममा गणेशमानका कार्यकर्ताले दाईले दुई–चारवटा आमसभालाई सम्बोधन गरे पुग्छ । अरु हामी सम्हाल्छौ भनेर भनेका थिए । तर परिस्थिति यस्तो बन्न पुग्यो चुनाव नजिकिदै गएपछि गणेशमान हार्दैछन भन्ने हल्ला शहरभरी फैलीयो । हार्ने हल्ला फैलिएपछि गणेशमान टोल–टोलमा मत माग्दै हिडेका थिए । टोल–टोलमा मात्रै होइन उनी ढोकाचोटासम्म पनि पुगे।

सिंहलाई पुष्पलाल मात्रै होइन, के आई सिंहको पनि चुनौती थियो। के आई सिंहले जेलबाट भाग्ने गणेशमान वीर कि म वीर भन्दै भाषण गर्थे। के आई सिंहलाई पुर्व सैनिक र पाका मान्छेहरुको साथ र समर्थन थियो।

चुनाव सकिदा गणेशमान सिंहलाई हार्छु भन्ने लागिसकेको थियो। हारियो भने बेइज्जत हुन्छ भनेर उनी बनेपा गएर बसेका थिए। मतगणना भइन्जेलसम्म उनी काठमाणडौं फर्किएनन्।

काठमाडौंबाट चुनाव जितेको खबर लिएर उनलाई लिन जिप बनेपा पुगेपछि मात्र उनी काठमाडौं फर्कीन तयार भए। गणेशमानले पुष्पलाललाई ३ हजार भन्दा बढी अन्तरले हराएका थिए ।

काठमाडौंको रत्नपार्कमा आयोजित सभालाई बोल्दै गणेशमानले काठमाडौंको जनता दास हो, राणशासनका बिरुद्ध लडेको मलाई झण्डै चुनाव हराएन भनेर आक्रोसपुर्ण भाषण गरे।

भाषणमा उनले भने, ‘मामपाकाहरु स्वागत गर्ने बेलामा पचास हजार मान्छे आउछ, भोट चाँहि दस हजार!’

(स्रोतः जगत नेपालको पुस्तक ‘पहिलो संसद बीपी–महेन्द्र टकराव’ बाट संपादन सहित साभार)

सेतोपाटिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah