नेपाली कांग्रेसका नेताएवम् झापा क्षेत्र नम्बर १ काप्रतिनिधि सभाको उम्मेद्धवार विश्वप्रकाशशर्माले अब कांग्रेसमा युवा नेताहरु नेतृत्वमा आउनुपर्ने बताएका छन् । उनले भने,‘अबको प्रधानमन्त्री गगन थापा होईन, म हो, किनकी म नेविसंघको अध्यक्ष हुँदा, गगन थापा महामन्त्री थिए ।’

बुधबार झापाको बुधबारेमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी साक्षात्कारमा बोल्दै नेता शर्माले यस्तो बताएका हुन् । उनले भने,‘अब हाम्रो पार्टी पूराना नेताहरुले विश्राम लिनुपर्छ, उहाँहरुले अब नेतृत्वयुवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ, अब नयाँ पुस्ता नेतृत्वमा आउन ढिलाई गर्न हुँदैन्, यही बहस कम्तिमा एमाले र माओवादीका साथीहरुले पनि चलाउन सक्नुपर्यो, हामीले त सुरु गरिसक्यौं।’

कान्छो पुस्ताले अब मुलुकको नेतृत्व लिनुपर्ने भनेर कांग्रेसका युवा नेता गगनकुमार थापाले बोलेको कुरा आफूले पनि सुनेको उल्लेख गर्दै शर्माले भने, ‘उहाँले भनेको कुरा मैले सुनें, उहाँ पनि प्रधानमन्त्रीबन्न सक्नुहुन्छ, म पनि सक्छु, मलाई उहाँले सहयोग गर्नुपर्छ, सक्नुहुन्छ । संसदीय दलको नेता मलाई बनाउनुपर्छ, म नेविसंघको अध्यक्षहुँदा, गगन थापा महामन्त्री हुनुहुन्थ्यो, म पनि योग्य छु । गगनथापाको समर्थन भयो भने म पनि प्रधानमन्त्री बन्न सक्छु नि ।’

अबको निर्वाचनमाकांग्रेस ठूलो पार्टी भएर आउने समेत उनको दाबी थियो । उनले भने, ‘संविधानजारी कांग्रेसकै नेतृत्वमा भएको हो, मुलुकको विकास पनि कांग्रेसकै नेतृत्वमा हुन्छ, त्यसैले जनताले अबको निर्वाचनमाहाम्रो पार्टीलाई पहिलो बनाउनु हुनेछ ।’

आफू झापामा चुनाव हार्दा पनि कति पनि विचलित नभईकन यहाँको क्षेत्रको विकासमा लागि परेको बताउँदै शर्माले भने, ‘अहिलेपनि म काम गरिरहेको छु, यहीकर्म भुमिमा घुमिरहें । राम कार्कीलाई यहाँका जनताले टुरिष्ट भन्नुभएको हो, मैले होईन । यो क्षेत्रकाजनताको चाहना त विश्वप्रकाशले जित्नुपर्छ भन्ने छ । विकासको एजेण्डा काङ्ग्रेसले बोकेको छ । अबमुलुकमा कांग्रेसको विकल्प छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah