
बिपिपि/दमक
झापाको क्षेत्र नं. ५ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी र प्रदेशसभा सदस्य ख का उम्मेदवार राजन ढुंगानाले आफ्नो स्थानीय चुनावी प्रतिबद्धता सार्वजनिक गरेकाछन् ।
प्रतिबद्धतामा झापाको दमकलाइ प्रदेशको राजधानी बनाउन पहल गर्ने देखि लिएर कमलगाँउपालिकामा एयरपोर्ट बनाउनेसम्मका रहेकाछन् । थुप्रै महत्वकाँक्षि प्रतिबद्धताहरु उल्लेख गरिएको छ ।
दमक बहुमुखि क्याम्पसलाइ बिश्वबिद्यालय बनाउने र मेडिकल कलेज खोल्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । दमकको समस्याको रुपमा रहेको रतुवा र मावाको खोलाको किनारमा पक्की तटबन्धन गरेर सडक बनाउने सम्म प्रतिबद्धता रहेको छ ।
दमक रबी चिसापानी सडक, दमकको इन्द्रेणी ताल, हम्सेदुम्से सामुदायिक बन भित्र पार्क निर्माणहरुलाइ नै प्राथमिकता दिएर प्रतिबद्धतापत्र बनाइएको छ ।
कमल गाँउपालिकाको उतरपट्टि रहेको खाली जमिनमा हवाइ मैदान बनाउने प्रतिबद्धता गरिएको हो । प्रदेशको राजधानी दमकलाइ बनाउन पहल गरिने जस्ता बिषय प्राथमिकतामा रहेकाछन् ।
प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा क्षेत्र नं. ५ प्रतिनिधिसभाका उम्मेदवार अधिकारीले आफूहरुले पुरा गर्न सकिने खालका प्रतिबद्धताहरु जनतामाझ ल्याएको बताएकाछन् । ५ बर्षभित्रमा प्रतिबद्धताहरु पुरा गर्ने उनले बताए ।
प्रदेश ख का उम्मेदवार ढुगानाले आदिबासी रंगशाला लगायतको निर्माण पनि आफूहरुको प्राथमिकताको सूचिमा रहने बताए । उनले जनतामाझ गरेका प्रतिबद्धता पुरा गर्ने उल्लेख गरे ।




