
दमक /सादकी जिबनका पर्यायको रुपमा चिनिने नेकपा एमाले झापा क्षेत्र नं. ५ अन्र्तगत प्रदेशसभा ख का उम्मेदवार अर्जुन राइले आफ्नो मुख्य ध्येय भनेको नै जनताको सेवा र यस क्षेत्रका बिकास भएको भन्दै भोट माग्न घरदैलामा पुगिरहेकाछन् ।
राइ जिल्ला बिकास समितिका सभापति हुदा होस या सुकुम्बासी आयोगको झापा अध्यक्ष रहदा किननहोस कहिल्यै पनि बिबादमा तानिएनन् । पार्टीमा सधै सक्रिय रहेका उनि कहिल्यै पनि लोभ र लालचमा नफसेका कारण नै उनी इमान्दार ब्याक्तिको पहिचान बनाउन सफल रहेकाछन् ।

दमक र लखनपुरका समस्याहरुलाइ आफूले नजिकबाट नियालेको बताउदै राइले जनताको शिर ठाडो बनाएर हिडन सक्ने र गरेका बाचाबन्धन नतोड्ने बताउदै आएकाछन् । राइ लखनपुरको पूर्व उपप्रधानपञ्च पनि हुन् ।



