झापा क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेद्वारहरुले आज पनि निर्वाचन प्रचार प्रसारको कार्यक्रमलाई तिब्रता दिएका छन् । यस क्षेत्र बाट प्रतिनिधिसभा उम्मेद्वार खगेन्द्र पाण्डव अधिकारी, समानुपातिक उम्मेद्वार महेन्द्रा सुब्बा र प्रदेशसभा ख का उम्मेद्वार राजन ढुंगानाले दमक वडा नम्बर ९ का बिभिन्न ठाउँमा पुगेर मतदाताहरु समक्ष भोट मागेको कांग्रेस दमक नगर सभापती रोशन विष्टले जानकारी दिनु भयो ।

वडा नम्बर ९ को चियादोकान चौक, शान्तिमार्ग लगायतका ठाउँमा घरदैलो तथा कोणसभा सम्पन्न भएका छन् । कोणसभाहरुमा बोल्दै प्रतिनिधिसभा उम्मेद्वार अधिकारीले लोकतन्त्रमा मात्रै मुलुकको बिकाश सम्भव भएकोले लोकतन्त्र जोगाउनको लागि कांग्रेसका उम्मेद्वारहरुलाई भोट दिनु पर्ने बताउनु भयो । मुलुकमा अधिनायकबाद स्थापनाको लागि बाम गठबन्धन भएको भन्दै अधिनायकबाद रोक्नको लागि जनताले कांग्रेसलाई भोट दिने बिश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रदेशसभा ख का उम्मेद्वार राजन ढुंगानाले यस ठाउँका जनताले परिवर्तन चाहेको भन्दै आफुहरुको जित निश्चित रहेको दाबी गर्नु भयो ।

त्यसै गरी क्षेत्र नम्बर ५ प्रदेश क का उम्मेद्वार अनिलकृष्ण प्रसाईंले पनि गौरादह नगरपालीका अन्तर्गत वडा नम्बर २ को बजार क्षेत्र र कमल गाउँपालीका ५ स्थित सरङपाडा बजारमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah