राप्रपाका सहमहामन्त्री राम थापा समानुपातिकमा राप्रपाबाट उम्मेदवार रहेकाछन् । उनि प्रत्यक्ष तर्फ राप्रपा सहितको बाम गठबन्धनका लागि भोट माग्दै आएकाछन् भने समानुपातिकमा आफ्नो पार्टी र आफ्ना लागि भोट माग्ने गरेकाछन् । उनले मतदातासम्म आफ्ना कुराहरु यसरी पुर्याउन थालेकाछन् ।

आदरणीय मतदाता बुबा आमा, दाजुभाई तथा दिदी बहिनीहरु !

राजनैतिक जीवन यात्राको क्रममा फेरि पनि नियतिले मलाई आगामी मंसिंर २१ गते हुन गइरहेको निर्वाचनमा एक नम्बर प्रदेशको लागि राप्रपाको तर्फबाट समानुपातिक तर्फको उम्मेदवार बनाएको छ ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पराजयको तितो अनुभूति सेलाउन नपाउँदै दुःखको आलो घाउ बोकेर जित र हारको परिणामलाई आत्मसात गर्ने संकल्प गर्दै यस निर्वाचनमा प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फको उम्मेदवार भएको छु । समाजको सेवामा जीवनका धेरै वर्षहरु समर्पित गरे जस्तो लाग्छ ।

शायद अब मैंले त्याग र समर्पण गर्ने कुनै वस्तु नै म संग छैन होला । राजनैतिक जीवनको यस क्रममा तपाईहरुको न्यानो माया, स्नेह र सहानुभूतिको पहिलो हकदार आफैं भएको लाग्दा लाग्दै पनि परिणाम कहिल्यै मेरो पक्षमा उभिएन ।

विवश भएर दुई हात जोडी तपाई अन्तिम न्यायलयका न्यायधिशरुपी मतदाताहरुको शरण पर्नुभन्दा अर्को विकल्प पनि म संग रहेन । त्यसैले आगामी निर्वाचनमा तपाईहरुको अमूल्य मत रातो रंग भएको समानुपातिक तर्फको मत पत्रमा गाई चिन्हमा छाप लगाइ दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

तपाईहरुकै हितैषी ः राम थापा (दमक–झापा)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah